भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने | लगानीको शब्दबाट विश्व शक्तिको मोर्चासम्म : कसरी बदलिँदैछ ‘ब्रिक्स’को प्रभाव ? | बाढीले बगाएको देवीघाटको पुल पाँच दिनमै पुनर्निर्माण, सबै प्रकारका गाडी चल्न थाले | विदेशी लगानीकर्ताको रोजाइमा सूचना प्रविधि, ७२७ परियोजनामा लगानी प्रतिबद्धता | भोटेकोशी बाढीको असर : ५ जिल्लाका १५ पालिकामा १६ हजारभन्दा बढी घरधुरी प्रभावित | कंगोमा दुई विद्यालयमा भीषण आगलागी, भागदौडमा २९ विद्यार्थीको मृत्यु | रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ |

भरतपुर आइसोलेसनबाट पनि भागे एक सङ्क्रमित

भरतपुर आइसोलेसनबाट पनि भागे एक सङ्क्रमित

चितवन । भरतपुर अस्पतालको आइसोलेसनमा उपचाररत एक सङ्क्रमित भागेका छन् । आज बिहान ५ बजे महानगरपालिका–१२ का १९ वर्षीय पुरुष भागेको जिल्ला प्रहरीले जनाएको छ ।

भदौ ५ गते कोरोना सङ्क्रमण पुष्टि भएसँगै उनलाई भरतपुर अस्पतालको आइसोलेसनमा उपचारमा राखिएको थियो । चोरीको आरोपमा पक्राउ परेका उनको अनुसन्धान जारी राख्दै परिवारलाई जिम्मा लगाएर अस्पतालको आइसोलेसनमा राखिएको चितवन प्रहरीले जानकारी दिएको छ ।

अस्पतालको आइसोलेसनबाट भागेका उनको खोजी भइरहेको कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले बताए । अहिले अस्पतालको आइसोलेसनमा ६८ जना सङ्क्रमितको उपचार भइरहेको छ ।

 


Thali Mobile Pvt.Ltd.