भर्खरै : Sorry, your browser does not support inline SVG.
जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट भागेका कैदी बैतडीबाट पक्राउ | संसदीय मर्यादा उल्लंघन गरेको आरोप लगाउँदै हर्क साम्पाङद्वारा प्रधानमन्त्रीको राजीनामा माग | ट्रम्प–सी भेटवार्तामा व्यापार सम्झौतामा जुटेन ठोस सहमति | होल्डिङ सेन्टरमा १९ दिन बित्दा पनि अन्योलमा सुकुमवासी, स्क्रिनिङमै अलमलियो सरकार | बालेन सरकारले राष्ट्रिय अनुसन्धान विभाग फेरि प्रधानमन्त्री कार्यालय मातहत ल्यायो | सरकारसमक्ष ६ बुँदे सर्त अघि सार्दै जेनजीले बहिष्कार गरे संविधान संशोधन कार्यदलले बोलाएको छलफल | भारतले किन लगायो चिनी निर्यातमा प्रतिबन्ध ? | उत्तर प्रदेशमा शक्तिशाली आँधी, ५६ जनाको मृत्यु |

भवन माथि विमान खस्यो, अर्बपतिसहित ८ जनाको मृत्यु

भवन माथि विमान खस्यो, अर्बपतिसहित ८ जनाको मृत्यु

काठमाडौं । उत्तर इटालीको सहर मिलानमा रहेको खाली अफिस भवनमा विमान खस्दा त्यसमा सवार सबै ८ जनाको मृत्यु भएको छ । सार्डिनिया टापुका लागि मिलानको लिनाते विमानस्थलबाट उडान भरेको सो विमान केही बेरमा नै दुर्घटनाग्रस्त बनेको थियो ।

विमानका चालक ६८ वर्षीय रोमानियन अर्बपति डान पेट्रेस्कु रहेको र उनीसँगै उनको पत्नी र छोराको पनि मृत्यु भएको सँचारमाध्यमले जनाएका छन् । पेट्रेस्कु रोमानिया सबैभन्दा धनी व्यक्ति हुन् ।

दुर्घटनापछि अफिस भवन र पार्किङ गरिएका गाडीमा आगलागी भएको थियो भने जमिनमा रहेका कोही पनि घाइते नभएको जनाइएको छ । दुर्घटना के कारणले भयो भन्ने बारे छानबिन सुरु गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.