काठमाडौं । ईपीएल क्रिकेटमा आज पनि दुई खेल हुँदैछन् । त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेलमा चितवन टाइगर्स र भैरहवा ग्लाडीयटर्स प्रतिस्पर्धा गर्दैछन् भने दोस्रो खेलमा काठमाडौं किङ्स ११ र पोखरा राइनोजको भिडन्त हुनेछ ।
चितवन र भैरहवाबीचको खेल बिहान ९ः३० बजे सुरु हुनेछ भने काठमाडौं र पोखराबीचको खेल दिउँसो १ः३० बजे सुरु हुनेछ । पोखरा प्ले अफमा पुग्न संघर्षरत छ भने काठमाडौं दोस्रो जितको खोजीमा रहेको छ ।
लिग खेलपछि शीर्ष दुई टोलीले क्वालिफायर १ मा प्रतिस्पर्धा गर्ने छन् । इलिमिनेटरमा तेस्रो र चौंथो टोलीले खेल्ने छन् ।

