भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि खोजी-उद्धार जारी, हराएका आफन्तको विवरण प्रहरीलाई दिन आग्रह | भोटेकोशी बाढी : मधेसका ५८, बाँकेका २७ र सुनसरीका १५ जना सम्पर्कविहीन | आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह | रसुवा बाढी : ४६९ शव फेला, १ हजार ५४५ जनाको उद्धार | रसुवा-नुवाकोटसहित बाढी प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहतलाई तीव्रता दिँदै बागमती सरकार | भोटेकोशी बाढीपीडितको तत्काल उद्धार, राहत र उपचार गर्न नेमकिपाको माग | बाढीपछि तिब्बत पुगे चिनियाँ प्रधानमन्त्री ली छ्याङ, उद्धार र राहतको स्थलगत निरीक्षण | गोसाइँकुण्डबाट फर्किने पर्यटकलाई मन्त्रालयको आग्रह : धुन्चेतर्फको नियमित सडकमार्ग प्रयोग नगर्नु |

भाडा लिएर यात्रु बोक्ने निजी सवारीलाई रोक्न गृह मन्त्रालयको निर्देशन

भाडा लिएर यात्रु बोक्ने निजी सवारीलाई रोक्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं । सबै जिल्ला प्रशासन कार्यालयहरुलाई भाडा लिएर यात्रु बोक्ने निजी सवारीलाई रोक्न गृह मन्त्रालयले निर्देशन दिएको छ । नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले निजी सवारी साधनहरुले भाडामा यात्रु बोक्ने गरेको गुनासो गरेपछि मन्त्रालयले कारबाहीका लागि परिपत्र जारी गरेको हो ।

मन्त्रालयको निर्देशनसँगै भाडा लिएर यात्रु बोक्ने सबै निजी सवारी कारबाहीमा पर्ने भएका छन् । राइड शेयरिङ कम्पनीहरुले काम सुरु गरेसँगै नेपालमा निजी सवारी साधनले भाडामा यात्रु बोक्न थालेका हुन । मोटरसाइकल, कार, भ्यानलगायतका निजी सवारी साधनहरुले यात्रु बोक्दा सार्वजनिक यातायातका साधन तथा ट्याक्सीहरु मारमा परेका छन् ।

सर्वसाधारणलाई भने राइड शेयरिङले निकै सहज हुदै आएको छ । मन्त्रालयले बुधबार जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गर्दै यात्रु ओसार पसार गर्ने निजी सवारी साधनहरुलाई नियन्त्रण गर्न भनेको छ ।

निजी सवारी साधनहरुले भाडा लिएर यात्रु ओसार पसार गर्दा सार्वजनिक यातायातका सवारी साधनहरुलाई प्रत्यक्ष असर पुगेको भन्दै यातायात ब्यवसायी महासंघले गृह मन्त्रालयसँग गुहार मागेको थियो । यसको प्रत्यक्ष असर पठाओ, इन ड्राइभरलगायतका राइड शेयरिङहरुमा पनि पर्ने छ ।

 

 


Thali Mobile Pvt.Ltd.