फाइल फाेटाे
काठमाडौं । नेपाल र भारतका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शनिबार भएको वार्ता भएको हो ।
टेलिफोन संवादमा सहमतिहरुको कार्यान्वयनमा भएको प्रगतिको समीक्षा भएको बताइएको छ । भारतीय प्रधानमन्त्री मोदीले उत्तराखण्डमा गत शुक्रबार गएको पहिरोमा परी नेपालीहरुको मृत्यु भएकोप्रति दुख ब्यक्त गरेका थिए । उनले उनीहरुको खोजीमा कुनै कसर बाँकी नराख्ने समेत बताएका थिए ।
वार्तामा गत महिना भएको प्रधानमन्त्री दाहालको भारत भ्रमणका क्रममा भएका सहमतिहरुको कार्यान्वयनलगायतका विषयमा कुराकानी भएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ ।
