भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

भ्यू टावरमा अब सरकारले लगानी गर्दैन

भ्यू टावरमा अब सरकारले लगानी गर्दैन

काठमाडौं । आगामी बजेटमा भ्यू टावर लगायतका संरचनामा मन्त्रालयले लगानी नगर्ने सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले बताएकी छन् । बजेटमा अनावश्यक खर्च बढाउने योजना नसमेट्न निर्देशन दिएको बताएकी छन् ।

आर्थिक बर्ष २०७९,०८० को लागि राष्ट्रिय योजना आयोगमार्फत मन्त्रालयमा प्राप्त बजेट सिलिङमाथिको छलफलमा मन्त्री झाँक्रीले यस्तो बताएकी हुन् ।

जनताको मौलिक हकलाई मध्यनजर गर्दै एकीकृत आवास योजनाका कार्यक्रमलाई समेत व्यवस्थित गर्नुपर्ने भन्दै मन्त्री झाँक्रीले राष्ट्रिय मानव अधिकार आयोग, महिला आयोग लगायतका संवैधानिक आयोगहरूको आफ्नै भवन समेत नरहेकाले आयोगका भवनहरू निर्माणका लागि कार्यक्रम बनाएर बजेट व्यवस्था गर्नुपर्ने बताएकी छन् ।

 


Thali Mobile Pvt.Ltd.