भर्खरै : Sorry, your browser does not support inline SVG.
यात्रामा निस्किनुअघि सावधान! बाढी-पहिरोले यी राजमार्ग र सडक पूर्ण बन्द, कतिपयमा एकतर्फी मात्र सञ्चालन | युट्युब बन्यो गुरु! दाङकी सुलोचनाले ११ कट्ठामा कागती खेती गरेर कमाइन् लाखौँ रुपैयाँ | काम नगर्ने चार निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द | युक्रेन युद्ध रोक्न ट्रम्प–पुटिनबीच ९० मिनेट वार्ता, पुटिनले दिए मस्को भ्रमणको निम्तो | लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन र राजस्व दुवै घट्यो | नौबिसे-मलेखु सडक विस्तारले समात्यो गति, ६०% काम सम्पन्न, बिटुमिन संकटपछि फेरि तीव्र निर्माण | प्रविधिमार्फत निगरानी बढाउँदै ट्राफिक प्रहरी | मौसमी चेतावनी: यी प्रदेशमा ठूलो वर्षा र हावाहुरीको सम्भावना, सतर्क रहन आग्रह |

भ्यू टावरमा अब सरकारले लगानी गर्दैन

भ्यू टावरमा अब सरकारले लगानी गर्दैन

काठमाडौं । आगामी बजेटमा भ्यू टावर लगायतका संरचनामा मन्त्रालयले लगानी नगर्ने सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले बताएकी छन् । बजेटमा अनावश्यक खर्च बढाउने योजना नसमेट्न निर्देशन दिएको बताएकी छन् ।

आर्थिक बर्ष २०७९,०८० को लागि राष्ट्रिय योजना आयोगमार्फत मन्त्रालयमा प्राप्त बजेट सिलिङमाथिको छलफलमा मन्त्री झाँक्रीले यस्तो बताएकी हुन् ।

जनताको मौलिक हकलाई मध्यनजर गर्दै एकीकृत आवास योजनाका कार्यक्रमलाई समेत व्यवस्थित गर्नुपर्ने भन्दै मन्त्री झाँक्रीले राष्ट्रिय मानव अधिकार आयोग, महिला आयोग लगायतका संवैधानिक आयोगहरूको आफ्नै भवन समेत नरहेकाले आयोगका भवनहरू निर्माणका लागि कार्यक्रम बनाएर बजेट व्यवस्था गर्नुपर्ने बताएकी छन् ।

 


Thali Mobile Pvt.Ltd.