दाङ । सुख्खा पहिरो झरेपछि राप्ती राजमार्ग अन्तर्गत दाङ–सल्यान सडकखण्ड सडक बन्द भएको छ । सडक निर्माणको क्रममा सुख्खा पहिरोमा स्काभेटर पुरिएपछि उक्त सडक खण्ड बन्द भएको हो । पहिरो झरेको ठाउँमा अर्को स्काभेटर भए पनि सडकको अवरोध हटाउन समस्या भएको जनाइएको छ ।
सल्यानको कपुरकोट–३ चोरखोला नजिक छाँगामा सडक निर्माण गर्दै गर्दा माथिबाट सुख्खा पहिरो झरेर बा २ क ८०७७० नम्बरको स्काभेटर पुरिएको प्रहरीले जनाएको छ ।
