भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

भ्रष्टाचार नियन्त्रणका लागि पुन निर्माणमा सदाचार आवश्यक

भ्रष्टाचार नियन्त्रणका लागि पुन निर्माणमा सदाचार आवश्यक

रक्तिम दैलेखी/ भक्तपुर । आफू अनुकूलको नीति, कानून निर्माण गरेर भ्रष्टाचारलाई संस्थागत गर्ने गरिएको भन्दै भ्रष्टाचार नियन्त्रणमा सबैमा सदाचार हुनुपर्ने छलफलका सहभागिले जोड दिएका छन् ।

ट्रान्सपरेन्सी इन्टरनेशनल (टिआई) नेपालले आज भक्तपुरमा आयोजना गरेको भूकम्पपछिको पुननिर्माणमा सदाचार अपनाऔं भन्ने सम्बन्धीको छलफल कार्यक्रममा सहभागि पत्रकार तथा आयोजकले मुलुकमा नीतिगत भ्रष्टाचार भएको निष्कर्ष निकालेको छ । अव भ्रष्टाचार भयो भनेर चुप लागेर बस्न नहुने उनीहरुले जोड दिएका छन् ।

कार्यक्रममा आयोजकका तर्फबाट अधिकृत दिनानाथ भटराईले मुलुकमा भ्रष्टाचार मौलाउँदै गएकोमा चिन्ता व्यक्त गर्दै भ्रष्टाचार निवारणका लागि अझ पत्रकारले अहम भूमिका खेल्नु पर्ने बताए । राजनीतिक दलले पाएको मतका आधारमा राज्यले राजनीतिक दललाई आर्थिक सहयोग गर्न सके नीतिगत भ्रष्टाचारमा कमी आउने उनको धारणा छ ।

सदाचार र निष्ठा सबैको मूलमन्त्र भए पनि नीतिगत भ्रष्टाचार बढ्दै जानु गम्भीर भएको संकेत गरे । नीति नियमले रोकेको काम गर्नु नै भ्रष्टाचार हो भन्दै शक्तिको दुरुपयोग गर्दै भ्रष्टाचारलाई संस्थागत गर्ने काम ठाउँठाउँमा भइरहेको जिकिर गरे । भ्रष्टाचारले मुलुक धरासयी बन्ने हुँदा नीतिगत भ्रष्टाचार नियन्त्रणमा सबै लाग्नु राज्य लाग्नु पर्ने टिआई नेपालका जुनु ढकालले बताइन् ।

भिडियाे हेर्न यहाँ क्लिक गर्नुहाेस्…

कार्यक्रममा पत्रकारहरुले पुन निर्माणमा देखिएका समस्या, चुनौती र समाधानका उपाएका बोरमा सूझाव दिए । भूकम्पले खुल्ला ठाउँ चाहिन्छ भन्ने सिकायो, तर पुन निर्माणले खुल्ला ठाउँ देख्यो कि भवन बनाईहाल्नु पर्ने झनझटिलो कार्य सृजना गरेको, गाउँमा भन्दा सहरमा निजीआवासले समस्या बनाइरहेकोमा चिन्ता व्यक्त गरे ।

सार्वजनिक नीतिमा विदेशीको स्वार्थ र नीति निर्माण तहमा स्वार्थ गाँसिएका व्यक्तिको संलग्नता हुँदा नीतिगत भ्रष्टाचार मौलाउदै गएकाले सबै चनाखो हुनु पर्ने छलफलको निष्कर्ष थियो ।

 


Thali Mobile Pvt.Ltd.