भर्खरै : Sorry, your browser does not support inline SVG.
यात्रामा निस्किनुअघि सावधान! बाढी-पहिरोले यी राजमार्ग र सडक पूर्ण बन्द, कतिपयमा एकतर्फी मात्र सञ्चालन | युट्युब बन्यो गुरु! दाङकी सुलोचनाले ११ कट्ठामा कागती खेती गरेर कमाइन् लाखौँ रुपैयाँ | काम नगर्ने चार निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द | युक्रेन युद्ध रोक्न ट्रम्प–पुटिनबीच ९० मिनेट वार्ता, पुटिनले दिए मस्को भ्रमणको निम्तो | लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन र राजस्व दुवै घट्यो | नौबिसे-मलेखु सडक विस्तारले समात्यो गति, ६०% काम सम्पन्न, बिटुमिन संकटपछि फेरि तीव्र निर्माण | प्रविधिमार्फत निगरानी बढाउँदै ट्राफिक प्रहरी | मौसमी चेतावनी: यी प्रदेशमा ठूलो वर्षा र हावाहुरीको सम्भावना, सतर्क रहन आग्रह |

मंसिरदेखि एनआईसी एसियाको म्युचुअल फण्ड निस्कासन

मंसिरदेखि एनआईसी एसियाको म्युचुअल फण्ड निस्कासन

काठमाडौं । मंसिरदेखि एनआईसी एसिया बैंकले अर्को म्युचुअल फण्ड निस्कासन हुने जनाएको छ । ‘ग्रोथ फण्ड २’ नामक प्रतिइकाइ १० रुपैयाँका दरले ८ करोड ५० लाख इकाइ सार्वजनिक रुपमा निस्कासन हुने बैंकको भनाइ छ ।

कुल १ अर्ब रुपैयाँ बराबरको यो योजनामा १५ प्रतिशत (१५ करोड रुपैयाँ) कोष प्रवर्द्धक एनआईसी एसिया बैंकले लगानी गर्ने भएको छ । यो फण्डमा सर्वसाधारण लगानीकर्ताले छिटोमा मंसिर ७ गतेसम्म र ढिलोमा १८ गतेसम्म आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

छरिएर रहेको पुँजीलाई एकत्रित गर्ने र विभिन्न इक्वीटी, ऋणपत्र लगायत क्षेत्रमा लगानी गर्ने योजनाका साथ संकलन गरिने रकमका लागि प्रदान गरिने साना इकाइ नै म्युचुअल फण्ड हो भनेर बैंकले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.