भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

मन्त्रिपरिषद बैठक: भूकम्पका घाइतेको निःशुल्क उपचार

मन्त्रिपरिषद बैठक: भूकम्पका घाइतेको निःशुल्क उपचार

काठमाडौं । भूकम्पबाट घाइते भएकाको सरकारले निःशुल्क उपचार गर्ने भएको छ । आज बसेको मन्त्रिपरिषद बैठकले भूकम्पबाट घाइते भएका सवैलाई निशुल्क उपचार गर्ने निर्णय गरेको हो ।

वीर, ट्रमा सेन्टर लगायत अन्य अस्पतालमा उपचार गर्ने गरी तयारी अवस्थामा राखिएको सरकारले जनाएको छ । घाइतेहरुको रेस्क्यु करिब सकिएकाले अव पीडितहरुको व्यवस्थापनमा सरकारले लागेको स्वास्थ्यमन्त्री मोहन बस्नेतले बताए ।

बैठकमा भूकम्प पीडितहरुलाई आर्थिक सहायत दिने भनिएपनि निर्णय भैनसकेको उनको भनाइ छ । भूकम्प पीडितलाई तत्काल आवश्यक टेन्ट, पाललगायतका सामग्री अभाव हुन नदिने बताए ।

 


Thali Mobile Pvt.Ltd.