भर्खरै : Sorry, your browser does not support inline SVG.
१ डलर बराबर २० लाख इरानी रियाल ! कमजोर बन्दै मुद्रा, महँगीले थलिँदै इरानी जनता | बाढी प्रभावित जिल्लामा फेरि भारी वर्षाको जोखिम, रातभर सतर्क रहन आग्रह | रसुवा बाढीमा ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन, शाखा कार्यालयमा क्षति | प्रधानमन्त्री बालेनसँग मोदीको टेलिफोन संवाद, नेपाललाई सहयोग गर्ने प्रतिबद्धता | भोटेकोशी बाढीको त्रास : २२ जनाको मृत्यु, ६५ घाइते उद्धार | चीनतर्फबाट आएको बाढीमा २५ घाइते, काठमाडौंका तीन अस्पतालमा उपचार जारी | भक्तपुरमा ३८औँ कलेजो प्रत्यारोपण सफल, दाता र ग्रहणकर्ता दुवै डिस्चार्ज | बाढीपीडितको उपचारमा जुट्दै बागमती सरकार : भक्तपुरसहित तीन अस्पतालका स्वास्थ्य टोली प्रभावित क्षेत्रमा |

मञ्जुश्री यातायात प्रा.लि.द्वारा नेपालमा पनि बस सेवा सञ्चालन

मञ्जुश्री यातायात प्रा.लि.द्वारा नेपालमा पनि बस सेवा सञ्चालन

काठमाडौं । नयाँ वर्षको अवसरमा स्वयम्भु मञ्जुश्री यातायात प्रा.लिले नेपालमा पनि बस सेवा सञ्चालनमा ल्याएको छ । विगत दुई दशकदेखि नेपाल भारत मैत्री बस सेवा मार्फत नेपाल र भारतका विभिन्न प्रान्तमा बस सेवा सञ्चालन गरिरहेको कम्पनिले नयाँ वर्षकाे अवसरमा नेपालभित्र काठमाडौं बर्दिवास र जनकपुर जटही रुटमा बस सेवा सुचारु गरेको हो ।मञ्जुश्री यातायात प्रा.लि.द्वारा नेपालभित्र बस सेवा सञ्चालन

बस सेवा विस्तार गरेसँगै यात्रुहरुको सहजताका लागि गौशालामा समेत टिकट काउन्टर स्थापना गरिएको छ । यसअघि स्वयम्भु र बौद्ध शाखाबाट यात्रुहरुले टिकट लिन पाउँथे भने अब गौशाला शाखाबाट पनि नेपालभित्र र भारत जानका लागि टिकट लिन सक्ने कम्पनीले  जनाएकाे छ । कम्पनिले हाल काठमाडौदेखि भारतको दिल्ली,पटना बोधगया,बनारस र जनकपुरदेखि पटना बोधगयासम्म सिधै बस सेवा सञ्चालन गरिरहेकाे छ ।मञ्जुश्री यातायात प्रा.लि.द्वारा नेपालभित्र बस सेवा सञ्चालन

निकट भविष्यमा काठमाडौंदेखि कौशम्भ्य र काठमाडौं गोरखपुरका लागि पनि बस सेवा विस्तार गर्ने योजना रहेको अध्यक्ष छिरीङ शेर्पाले जानकारी दिए । उनले स्वयम्भु मञ्जुश्री यातायात मार्फत नेपाल –भारत आवत जावत गर्ने दैनिक दुई सय सर्वसाधरणले सेवा लिने गरेको बताए ।

 


Thali Mobile Pvt.Ltd.