भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

मणिपालले १० करोड कर तिर्न बाँकी

मणिपालले १० करोड कर तिर्न बाँकी

पोखरा । मणिपाल शिक्षण अस्पतालसँग १० करोड रुपैयाँ भन्दा बढी कर उठाउन बाँकी रहेको ठहर पोखरा महानगरपालिकाले गरेको छ । मणिपालले तिर्न बाँकी बक्यौता अन्योल भएपछि महानगरले राजश्व परामर्श समिति सदस्यसमेत रहेका पोखरा–१६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो ।

माघमा गठन भएको उक्त समितिले महानगरलाई मणिपालले १० करोड ४ लाख ९२ हजार रुपैयाँ तिर्न बाँकी रहेको प्रतिवेदन बुझाएको छ । महानगरपालिकाका कर्मचारीका अनुसार मणिपालले आफ्नो निजी जग्गाको सम्पत्ति कर र नेपाल सरकारसँग लिएको जग्गाको भाडा गरी २ थरि राजश्व पोखरा महानगरलाई तिर्न बाँकी छ ।

प्रतिवेदनअनुसार आर्थिक वर्ष ०७९,८० सम्म आइपुग्दा आफ्नो स्वामित्वमा रहेको जग्गाको सम्पत्ति करबापत ७ करोड ६० लाख ६४ हजार रुपैयाँ तिर्न बाँकी छ । मणिपालले आफ्नो स्वामित्वमा रहेको ३२ रोपनी जग्गा उपभोग गर्दै आइरहेको छ ।

त्यस्तै, नेपाल सरकारसँग सम्झौता गरेर भाडामा लिएको १९३ रोपनी जग्गाको २ करोड ३४ लाख ३४ हजार रुपैयाँ महानगरलाई तिर्न बाँकी रहेको प्रतिवेदनमा उल्लेख छ ।

 


Thali Mobile Pvt.Ltd.