१ जेष्ठ २०७७ काठमाडाें । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसले मानव सभ्यतालाई चुनौती दिइरहेको भन्दै नगरवासीलाई मध्यपुर सञ्चार समाजले आग्रह गरेको छ ।
नेपालमा कोरोनाको प्रभाव बढेसंगै मध्यपुर थिमि नगरपालिका पनि संक्रमित भएको भन्दै वडा नं. ४ शंखधरचोकमा १ जना संक्रमित भएको पुष्टि भएसंंगै यस नगरपालिकामा बसोबास गर्ने सम्पूर्ण मानिसहरुले कोरोनाबाट बच्नका यस्तो आग्रह गरेको हो ।
घरमै सुरक्षितसाथ बस्नु पर्ने भन्दै अत्यावश्यक परेमात्र सामाजिक दुरी कायम गरी माक्स, पन्जा र सेनिटाइजरको प्रयोग गरेर घर बाहिर निस्कनु पर्ने जनाएको छ । बाहिर जिल्लाबाट जो कोही नगरपालिकामा आएर बसोबास गरेको छ भने उनीहरुले अनिवार्य रुपमा स्वास्थ्य परिक्षण पनि गर्नुपर्ने मध्यपुर संचार समाजले जनाएको छ ।
घरधनीहरुले कुनै चेकजाच नगराईकन घरमा नराख्न र अटेर गरेमा सम्बन्धीत वडा कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गर्नु समेत सबैलाई अपील गरेको छ । स्थानीय सरकारले बाहिर जिल्लाबाट आएको मानिसहरुको लगत राख्ने व्यवस्था गर्ने भएकोले सो कार्यलाई सबैले सघाउन विज्ञप्तीमार्फत अनुरोध गरेको छ ।
सुरक्षित रहौ, घरभित्रै बसौं र नेपाल सरकारले जारी गरेको लकडाउन आदेश पूर्ण रुपमा पालना गरौं । महामारीबाट आपूm पनि बचौं, अरुलाई पनि बचाऔं भन्दै समाजले सबैलाई सतर्क रहन आग्रह गरेको छ ।