भर्खरै : Sorry, your browser does not support inline SVG.
नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी | राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व, पूर्वखेलाडीको संख्या बढ्यो | युवाका लागि पर्याप्त र मर्यादित रोजगारी सिर्जना गर्नुपर्ने | एलपी ग्यासको अभाव अझै हटेन, एक साताभित्र आपूर्ति सहज हुने निगमको दाबी | सामाजिक सञ्जालको दुरुपयोग रोक्न नेपाल प्रहरी प्रविधिमैत्री बन्दै | इन्डोनेसियामा यात्रुवाहक डुङ्गामा भीषण आगलागी, ११२ जनाको सकुशल उद्धार | दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब |

भारततीय फलफूल, माछामासु र तरकारीका गाडीलाई भक्तपुर प्रवेश निषेध

भारततीय फलफूल, माछामासु र तरकारीका गाडीलाई भक्तपुर प्रवेश निषेध

१ जेष्ठ २०७७ भक्तपुर । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाईरस संक्रमण (कोभिड–१९) रोकथाम र नियन्त्रणको लागि लकडाउनलाई थप कडाई गरिने भक्तपुर नगरपालिकाले जनाएको छ ।

कोरोना संक्रमण फैलन नदिन भारतबाट आउने फलफूल, माछामासु र तरकारी गाडीहरुलाई नगरपालिकामा प्रवेश निषेध गर्ने जनाउदै प्रवेश निषेधका लागि नेपाल सरकारसंग आग्रह गर्ने जनाएको छ ।

भक्तपुर जिल्लामा संक्रमणको जोखिम बढ्दै गएकाले भक्तपुर जिल्लाको सीमा नाकाहरुमा प्रवेश निषेध गरिने भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिले बताएका छन् ।

जिल्लामा उद्योगहरु सञ्चालन गर्दा उपत्यका बाहिरबाट भित्रिनेहरुको संख्या बढ्न सक्ने भएकोले उद्योग र कारखानाहरु बन्द गर्नुपर्ने विपद् व्यवस्थापन समितिको बैठकमा नगरप्रमुख प्रजापतिले यस्तो बताएका हुन् ।

बैठकले गरेका महत्वपूर्ण निर्णय

  • काठमाडौं उपत्यकाका सबै सीमा क्षेत्रमा अति आवश्यक बाहेक कुनै पनि व्यक्तिलाई प्रवेश निषेध गर्न सम्बन्धित निकायमा अनुरोध गर्ने ।
  • भक्तपुर जिल्लामा कोभिड–१९ संक्रमणको जोखिम र समुदायमा विस्तारको खतरा देखिएको हुँदा भक्तपुर जिल्लामा कोही पनि व्यक्ति घर बाहिर निस्कन नपाउने तथा अति आवश्यक बाहेक व्यापार, व्यवसाय र उद्योग संचालनमा रोक लगाउन सम्बन्धित निकायलाई अनुरोध गर्ने ।
  • भक्तपुर नगरभित्र टेलिभिजन र मोबाइल पसल जस्ता विद्युतीय सामग्री पसल, चिया–खाजा पसल, सैलुन लगायत अन्य पसलहरु खुल्न थालिएको हुँदा ती पसलहरुलाई कडाइका साथ बन्द गर्न प्रहरी प्रशासनसँग समन्वय गरी अघि बढ्ने ।
  • भक्तपुर जिल्ला बाहिरबाट आएका डेरा गरी बस्ने मानिसहरुलाई स्वास्थ्य परिक्षण नगराई आप्mनो घरमा नराख्नको लागि भक्तपुर नगरपालिकाले घरधनीहरुलाई आग्रह गर्ने ।
  • भक्तपुर नगरबासी दाजुभाईमा आ–आप्mनो घरमा कोही व्यक्ति डेरामा बसेको छ भने घर धनीले सो को विवरण सम्बन्धित वडा कार्यालयमा बुझाउन अनुरोध गर्ने र सबै वडा कार्यालयले आफ्नाे वडा भित्रको एकीकृत विवरण तयार गर्ने ।
  • यस अघिका बैठकले गरेका महत्वपूर्ण निर्णय
  • हालसम्म बाहिरबाट आएका २ जना व्यक्तिहरुमा कोरोना पोजेटिभ देखिएकोले ती व्यक्तिहरुका यात्रा विवरणका आधारमा अविलम्ब कन्ट्याक्ट ट्रेसिङ गर्ने । निजहरुको वासस्थान सिल गर्ने, परिवारका सदस्यहरुको समेत तुरुन्त परीक्षण गर्ने र आवश्यकता अनुसार आइसोलेसन र क्वारेन्टिनमा राख्ने व्यवस्था स्वास्थ्य कार्यालय र भक्तपुर अस्पतालले मिलाउने ।
  • यस जिल्लाबाट अन्यत्र जिल्लामा जाने गरी जारी गरिएको सबै सवारी पास खारेज गरी सो को सुचना प्रकाशित गर्ने ।
  • भक्तपुर जिल्लामा कोभिड–१९ संक्रमणको जोखिम र समुदायमा विस्तारको खतरा देखिएको हुँदा भक्तपुर जिल्लामा कोही पनि व्यक्ति घर बाहिर निस्कन नपाउने तथा अति आवश्यक बाहेक व्यापार, व्यवसाय र उद्योग संचालनमा रोक लगाउने ।
  • भक्तपुर जिल्ला प्रवेश गर्ने र वाहिर जाने अति आवश्यक वाहेक व्यक्ति तथा सवारी साधन निषेध गर्ने ।
  • भक्तपुर जिल्लास्थित नगरपालिकाहरुले क्वारेन्टिन स्थलहरु चुस्त दुरुस्त राख्ने, वडाहरु मार्फत आफ्नाे क्षेत्रमा बाहिरबाट आएका व्यक्तिहरुको लगत संकलन गर्ने, निगरानी गर्ने, कोरोना परीक्षण गराउने र त्यस्ता व्यक्तिहरुलाई आवश्यकता अनुसार क्वारेन्टिनमा पठाउने काममा समन्वय गर्ने ।
  • स्थानीय र सरोकारवाला निकायबाट खाद्यान्न तथा आपूर्तिको प्रभावकारी व्यवस्थापन तथा नियमनको काम गर्ने । विपन्न खाद्यान्न अभाव भएका व्यक्तिहरुलाई राहत उपलब्ध गराउने ।

 


Thali Mobile Pvt.Ltd.