भर्खरै : Sorry, your browser does not support inline SVG.
नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी | राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व, पूर्वखेलाडीको संख्या बढ्यो | युवाका लागि पर्याप्त र मर्यादित रोजगारी सिर्जना गर्नुपर्ने | एलपी ग्यासको अभाव अझै हटेन, एक साताभित्र आपूर्ति सहज हुने निगमको दाबी | सामाजिक सञ्जालको दुरुपयोग रोक्न नेपाल प्रहरी प्रविधिमैत्री बन्दै | इन्डोनेसियामा यात्रुवाहक डुङ्गामा भीषण आगलागी, ११२ जनाको सकुशल उद्धार | दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब |

मन्त्रिपरिषद्को १९ निर्णय सार्वजनिक

मन्त्रिपरिषद्को १९ निर्णय सार्वजनिक

काठमाडौं,  १० असाेज । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले १९ महत्वपूर्ण निर्णयहरु गरेको छ । बैठकको निर्णयहरु शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले सार्वजनिक गरेका हुन् ।

यस बैठकमा प्रधानमन्त्री कार्यालय मातहतका राजश्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अर्थ मन्त्रालयको कार्यक्षेत्रमा सार्ने निर्णय भएको छ । त्यसैगरी अर्थ मन्त्रालयले संयुक्त राज्य अमेरिकामा आयोजना हुन लागेको विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिन अर्थ मन्त्री र सचिवलाई विदेश भ्रमणको अनुमति प्रदान गरेको छ ।

त्यस्तै, राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालयको कार्यक्षेत्रमा राख्ने व्यवस्था पनि गरिएको छ । नेपाल बीमा प्राधिकरणको रिक्त सञ्चालक समितिको अध्यक्षमा जनकराज शर्मालाई जिम्मेवारी दिइएको छ । साथै सहसचिव डा. रामगोविन्द अर्याल र रमेश शर्मा पौड्यालको राजीनामा स्वीकृत गरिएको छ ।

मन्त्रिपरिषद्ले गरेका अन्य निर्णयहरुमा सरकारी कार्यालय सुधार, वित्तीय व्यवस्थापन, तथा विभिन्न नियुक्ति र सरुवा समावेश छन् ।

यस्ताे छः


 

 


Thali Mobile Pvt.Ltd.