भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सडक डिभिजन भरतपुर : अपरेटरहरूले ठुलो जोखिम मोलेर तुइनखोलाको पहिरो पन्छाए

सडक डिभिजन भरतपुर : अपरेटरहरूले ठुलो जोखिम मोलेर तुइनखोलाको पहिरो पन्छाए

मुख्य बुँदा

मुग्लिन–नारायणघाट सडक खण्डमा तुइनखोलामा पटक–पटक पहिरो

करिब १०५ घण्टा यातायात अवरुद्ध

अपरेटरहरूले जोखिम मोलेर पहिरो पन्छाए

हिजो राती १०:३५ बजेदेखि सडक सञ्चालनमा आएको

सुपरभाइजर, प्राविधिक र कर्मचारीप्रति पनि आभार

काठमाडौँ, १० असाेज । सडक डिभिजन भरतपुरले मुग्लिन–नारायणघाट सडक खण्डमा तुइनखोलामा खसेको पहिरो सफा गर्न अपरेटरहरूले ठुलो जोखिम मोलेर कार्य गरेको जनाएको छ।

अघिल्लो शुक्रवारदेखि पटक–पटक खसेको पहिरोको कारण करिब १०५ घण्टा यातायात अवरुद्ध भएको थियो। निरन्तरको प्रयासपछि हिजो राती १०:३५ बजेदेखि सडक पूर्णरूपमा सञ्चालनमा आएको डिभिजनले जानकारी दिएको छ।

कार्यालयले सामाजिक सञ्जालमार्फत् भनेको छ, “डुङ्गाहरू खसिरहँदा समेत खतरा मोलेर पहिरो पन्छाउने अपरेटर साथीहरूलाई हृदयदेखि आभार व्यक्त गर्न चाहन्छौँ।” यसबाहेक फिल्डमा खटिएका सुपरभाइजर, प्राविधिक र अन्य कर्मचारीप्रति पनि आभार व्यक्त गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.