भर्खरै : Sorry, your browser does not support inline SVG.
मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न | ३ दिन उच्च सतर्कता! काठमाडौं उपत्यकासहित पूर्वी नेपालका साना नदीमा आकस्मिक बाढीको चेतावनी | काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु | जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C | त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो | अमेरिकी सैन्य अखडामाथि इरानको मिसाइल-ड्रोन आक्रमण, मध्यपूर्वमा तनाव झन् चुलियो | नेपाल आयल निगमको कार्यकारी निर्देशकमा ६ जनाको प्रतिस्पर्धा, नामावली सार्वजनिक |

सडक डिभिजन भरतपुर : अपरेटरहरूले ठुलो जोखिम मोलेर तुइनखोलाको पहिरो पन्छाए

सडक डिभिजन भरतपुर : अपरेटरहरूले ठुलो जोखिम मोलेर तुइनखोलाको पहिरो पन्छाए

मुख्य बुँदा

मुग्लिन–नारायणघाट सडक खण्डमा तुइनखोलामा पटक–पटक पहिरो

करिब १०५ घण्टा यातायात अवरुद्ध

अपरेटरहरूले जोखिम मोलेर पहिरो पन्छाए

हिजो राती १०:३५ बजेदेखि सडक सञ्चालनमा आएको

सुपरभाइजर, प्राविधिक र कर्मचारीप्रति पनि आभार

काठमाडौँ, १० असाेज । सडक डिभिजन भरतपुरले मुग्लिन–नारायणघाट सडक खण्डमा तुइनखोलामा खसेको पहिरो सफा गर्न अपरेटरहरूले ठुलो जोखिम मोलेर कार्य गरेको जनाएको छ।

अघिल्लो शुक्रवारदेखि पटक–पटक खसेको पहिरोको कारण करिब १०५ घण्टा यातायात अवरुद्ध भएको थियो। निरन्तरको प्रयासपछि हिजो राती १०:३५ बजेदेखि सडक पूर्णरूपमा सञ्चालनमा आएको डिभिजनले जानकारी दिएको छ।

कार्यालयले सामाजिक सञ्जालमार्फत् भनेको छ, “डुङ्गाहरू खसिरहँदा समेत खतरा मोलेर पहिरो पन्छाउने अपरेटर साथीहरूलाई हृदयदेखि आभार व्यक्त गर्न चाहन्छौँ।” यसबाहेक फिल्डमा खटिएका सुपरभाइजर, प्राविधिक र अन्य कर्मचारीप्रति पनि आभार व्यक्त गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.