भर्खरै : Sorry, your browser does not support inline SVG.
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने |

महिलाले मात्र पूजा गर्ने लिङ्ग भैरवी

महिलाले मात्र पूजा गर्ने लिङ्ग भैरवी

काठमाडौं । नेपालको लिङ्ग भैरवी मन्दिरको प्रतिष्ठा बढ्दै गएको छ । लिङ्ग भैरवी मन्दिर महिला द्वारा संचालित छ। मन्दिरमा महिला र पुरुष दुवै दर्शनका लागि आउँछन्, तर मन्दिरको गर्भगृहमा महिलाले मात्रै पूजा गर्छन् ।

लिङ्ग भैरवीको ऊर्जाले मानव प्रणालीमा तीनवटा आधारभूत चक्रहरूलाई बलियो बनाउने विश्वास गरिन्छ । यसले व्यक्तिको शरीर, दिमाग र ऊर्जा प्रणालीलाई स्थिर बनाउने विश्वास गरिन्छ । यो लिङ्ग भैरवी मन्दिर काठमाडौंको चक्रपथस्थित बसुन्धरामा रहेको छ ।

मन्दिर दर्शनका लागि बिहान ६ः३० देखि १ः२० र बेलुका ४ः२० देखि ८ः२० सम्म खुला रहने हुन्छ। तीन पटक देवीलाई अभिषेक आरतीसहित एघार शुभ प्रसाद चढाइने गरिन्छ । लिंग भैरवी देवीको वर्णन गर्दै सद्गुरुले भने, ‘भैरवीको कृपा कमाउनेहरूले जीवन वा मृत्यु, गरिबी वा असफलताको चिन्ता वा डरमा बाँच्नु पर्दैन।

भैरवीको कृपा कमाएमा मानिसले जे सुख सम्झन्छ, त्यो सबै उसको हुनेछ।’ सन् २०१० मा सदगुरुले इशा योग केन्द्र, कोइम्बटूर, भारतमा पहिलो लिङ्ग भैरवी मन्दिरको प्राण प्रतिष्ठा गरेका थिए । त्यसयता भारतको नयाँ दिल्ली, गोबी र सलेममा लिङ्ग भैरवी मन्दिरहरू स्थापना भएका छन् ।

देवीलाई नेपाल ल्याएको अवसरका रूपमा फागुन ९ गते टुँडिखेल, कान्तिपथमा साँझ ७ बजेदेखि राति ९ः३० बजेसम्म देवी उत्सव मनाइएको छ । कार्यक्रममा नृत्य, सङ्गीत र भक्तिको एक विशाल सांस्कृतिक प्रदर्शन रहेको थियो । सदगुरुले देवीका विभिन्न पक्षहरूबारे चर्चा गर्न विशेष सत्संग सञ्चालन गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.