१२ आषाढ २०७७ सिन्धुली । महिला वडा सदस्य र विद्यालयका प्रधानाध्यापकलाई होटेलको एक कोठामा सुतिरहेकै अवस्थामा स्थानीयले पक्राउ गरी प्रहरीमा बुझाएका छन् ।
फिक्कल गाउँपालिकाको वडा नम्बर १ कि महिला वडासदस्य र सोही वडाको प्राथमिक विद्यालयका प्रधानाध्यापक टीकाराम मगर खाङसाङलाई होटेलको कोठाबाट पक्राउ गरिएको हो। लामो समयदेखि उनीहरू बीच अनैतिकसम्बन्ध रहेको आरोप स्थानीयहरूले लगाएका छन् ।
दुबै जना विवाहित भए पनि अबैध सम्बन्ध राख्ने गरेको भन्दै स्थानीयहरूले वडा सदस्य र प्रधानाध्यापकलाई एकसाथ पक्राउ गरी प्रहरीको जिम्मा लगाएका थिए । महिला वडा सदस्य र प्रधानाध्यापक रातभरि सोही होटेलको एउटै कोठाभित्र सुतेको दुबैले स्वीकार गरेपनि अनैतिक सम्बन्ध नराखेको प्रहरीलाई बयान दिएका छन् ।
फिक्कल गाउँपालिकाको गाउँसभामा सहभागी हुन महिला वडा सदस्य र विद्यालयका प्रधानाध्यापक मगर खाङसाङ आएका थिए ।