भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

सलहको नेपाल प्रवेशसंगै अनिकालको चिन्ता, सजक रहन किसानलाई निर्देशन

सलहको नेपाल प्रवेशसंगै अनिकालको चिन्ता, सजक रहन किसानलाई निर्देशन

१३ असार २०७७ काठमाडौं । भोकमरीको किरा भनेर परिचित फट्याङग्रा सलहको नेपालमा प्रवेश भएको छ । तराईका विभिन्न सीमानाकाबाट नेपालमा यसले प्रवेश गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । भैरहवा, पर्साको पर्सागढी गाउँपालिका, बाराको डुमरवाना र सर्लाहीको नवलपुरमा सलह देखापरेको त्यहाँका किसानले बताएका छन् ।

सलह भारतको विहार सीमाहुँदै हावाको तेज गतिका कारण नेपाल प्रवेश गरेको मन्त्रालय अन्तर्गतको प्लाण्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको छ । केन्द्रले अहिले बिज्ञ कर्मचारी खटाएर सलहको टाउको, पेट, एन्टीनाको फोटा खिचेर अनुसन्धान गर्न निर्देशन दिएको केन्द्रका प्रमुख सहदेव हुमागाईले बताए ।

सलहको बथान नै तितरबितर भएर नेपालमा आएकोले केन्द्रले उच्चस्तरीय कार्यदलको बैठक समेत बसेर थप निर्नेशन दिएको छ । अफ्रिकाबाट खाडी मुलुक, इरान र पाकिस्तानहुँदै भारत छिरेपछि सलहको अर्को बथान हिन्द महासागर हुँदै भारतको दिल्ली, उत्तर प्रदेश, मध्य प्रदेश, महाराष्ट्र, विहार, राजस्थानलगायतका स्थानमा एक महिनाअघि बसेर अहिले नेपाल प्रवेश गरेको छ।

एक वर्ग किलोमिटर क्षेत्रमा फैलिएर उड्ने सलहको बथानमा चारदेखि आठ करोड हुन्छन् । एक दिनमा करिब १३० किलोमिटरसम्म उड्न सक्ने सलह फट्याङग्राले एक दिनमा करिब ३५ हजार मानिसलाई दुई छाक पुग्ने अन्न खाइदिने गरेको अध्यनले देखाएको छ ।

विज्ञहरूका अनुसार सलहले बोटविरुवा, बाली, फलफुल, डाँट, डाँटको बोक्रासमेत खाइदिने भएकाले जहाँ प्रवेश गर्यो त्यस स्थानमा ठूलो भोकमरी र अनिकाल पर्ने गरेको छ । त्यसैले भोकमरीबाट जोगिन किसानलाइ उच्च सतर्क भएर आआफ्नो बालीको रक्षा गर्न पनि कार्यदलले सुझाव दिएको कार्यदलका संयोजक हुमागाईले बताए ।

 


Thali Mobile Pvt.Ltd.