भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

क्वारेन्टिनमा खटिएका भान्सेको मृत्यु

क्वारेन्टिनमा खटिएका भान्सेको मृत्यु

१३ असार २०७७ बैतडी । बैतडीको एक क्वारेन्टाइनका भान्सेको मृत्यु भएको छ । दशरथचन्द नगरपालिका ६ का ५३ वर्षीय पुरुषको मृत्यु भएको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए । नगरपालिका–४ मा रहेको जगन्नाथ बहुमुखी क्याम्पसको क्वारेन्टाइमा बसेकाहरुलाई खाना पकाउने भान्सेको रुपमा उनी खटिएका थिए ।

शनिबार बिहान ११ बजे एक्कासि बिरामी भएर ढलेका ती व्यक्तिको उपचारको लागि जिल्ला अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको हो । २ महिनादेखि उनी क्वारेन्टाइनमा खाना बनाउने काममा खटिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

खाना पकाउने व्यक्तिको मृत्यु भएपछि कोरोना परीक्षण गरिने जिल्ला अस्पताल बैतडी डाक्टर वशन्तराज जोशीले बताए । स्वाब संकलन गरि पिसिआर परीक्षणका लागि धनगढी पठाइने जोशीको भनाई छ । बैतडीमा २०६ जनामा कोरोना पुष्टि भएको छ भने दशरथचन्द नगरपालिकामा ३० जना संक्रमित रहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.