भर्खरै : Sorry, your browser does not support inline SVG.
दिल्लीमा वायु प्रदूषण नियन्त्रण गर्न विद्युतीय गाडीको प्रयोग बढाउने नीति | सरकारका गतिविधिले नागरिकलाई सन्तुष्ट पार्न सकेनन् : प्रचण्ड | संसदमा एमालेको आक्रोश : प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग, सरकार शान्ति सुरक्षा कायम गर्न असफल भएको आरोप | कर्णालीको मुख्यमन्त्रीमा मङ्गलबहादुर शाही नियुक्त | प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सर्वसम्मत अनुमोदित, आयुक्तमा वाग्ले र सुब्बा पनि स्वीकृति | सुनसरी घटनापछि सर्वदलीय अपील : ‘सामाजिक सद्भाव कायम राखौँ’ | मानव बेचबिखन रोक्न नेपाल प्रहरीको तयारी, ‘एन्टी साइबर स्क्याम सेल’ स्थापना गरिने | पहिरो पन्छाइएपछि दुईतर्फी सञ्चालनमा आयो नारायणगढ–मुग्लिन सडक |

मानसिक रोग अन्य सामाजिक रोग जस्तै हो भेदभाव नगरौँः प्रधानमन्त्री

मानसिक रोग अन्य सामाजिक रोग जस्तै हो भेदभाव नगरौँः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानसिक बिरामीलाई मर्यादित र सम्मानजनक वातावरण निर्माण गर्न आवश्यक भएको बताएका छन् । उनले समावेशी एवं समतामूलक समाज निर्माणका लागि मानसिक बिरामीमाथि लाञ्छना र भेदभाव गर्न नहुने बताएका हुन् ।

प्रधानमन्त्री दाहालले आज विश्व मानसिक स्वास्थ्य दिवसका अवसरमा भिडियो सन्देश दिँदै मानसिक स्वास्थ्यसँग जोडिएका अज्ञानता अन्धविश्वास र लाञ्छनालाई न्यूनीकरण गर्न थप प्रभावकारी पहलहरु अगाडि बढाउन जरुरी रहेको उल्लेख गरे ।

“मानसिक बिरामी पनि अन्य सामाजिक रोगी जस्तै हुन् । त्यसैले मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिलाई भेदभाव नगरौँ, हुन नदिऔँ उनीहरुलाई सम्मानजनक व्यवहार गरौँ”, उनले भने ।

मानसिक स्वास्थ्य प्रवद्र्धनका लागि वातावरण बनाउनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री दाहालले भने, “वैदेशिक रोजगारीमा रहेका नागरिकलाई समेत कार्यस्थलमा आधारभूत अधिकार सुनिश्चित गर्न अन्य देशहरुसँग समन्वय गर्न आवश्यक छ ।” उनले नेपालमा दसमध्ये एक जना मानसिक समस्यासँग बाँचिरहेको र दैनिक १९ जनाले ज्यान गुमाउने गरेको अवस्थाप्रति चिन्ता व्यक्त गरे ।

प्रधानमन्त्री दाहालले भने, “समाजमा व्याप्त गरिबी, बेरोजगारी, जातीय तथा लैङ्गिक भेदभाव, अपेक्षाअनुरुपको जीवनशैली बाँच्न नसक्नु, सांस्कृतिकरुपमा अराजकता बढ्दै जानुजस्ता समस्याले मानसिक स्वास्थ्यमा प्रत्यक्ष असर पारिरहेको छ । यस्ता प्रचलनहरु अन्यायपूर्ण र संविधानप्रदत्त मौलिक अधिकारविरुद्ध छन् । ”

उनले मानसिक स्वास्थ्यलाई स्वस्थ राख्न सन्तुलित आहार प्रयोग, पर्याप्त निन्द्रा, दैनिक व्यायाम र दुःखमा साथी, सहकर्मी र आफन्तको सहयोग लिने र दिने बानीको विकास गर्नसमेत आग्रह गरे ।

 

 


Thali Mobile Pvt.Ltd.