भर्खरै : Sorry, your browser does not support inline SVG.

मार्ने धम्कीपछि हल्याण्डकी राजकुमारी दरबार फिर्ता

मार्ने धम्कीपछि हल्याण्डकी राजकुमारी दरबार फिर्ता

एजेन्सी । अध्ययनको क्रममा एम्सटर्डमको एक भवनमा बसेकी हल्याण्डकी राजकुमारी क्याथरिना अमालिया त्यहाँ असुरक्षित महसुस गरेपछि राजप्रासादमा सरेकी छन् ।

स्वीडेनको राजकीय भ्रमणमा रहेका राजा विलेम–अलेक्जेन्डर र रानी म्याक्सिमाले द नेदरल्याण्डस्का सञ्चारमाध्यमलाई राजकुमारी दरबार फर्केको बताए । ‘उनको यो निर्णयले जीवनको लागि ठूलो महत्व राख्दछ, अब उनी एम्स्टर्डममा बस्दिनन् र वास्तवमा बाहिर जान सक्दिनन् ।’

रानी म्याक्सिमाले छोरीको निर्णयको सराहना गर्दै भनिन् । राजा विलेम–अलेक्जेन्डरले आफ्नी छोरीको अवस्थालाई ‘अति कठिन’ भनेका छन् ।ग्रीष्मयाममा १८ वर्षीया राजकुमारी अध्ययन गर्न एम्स्टर्डमको एक आवासीय भवनमा सरेकी थिइन् ।

गत महिना डे टेलिग्राफ अखबारले राजकुमारीको सुरक्षाका निम्ति उल्लेखनीय रूपमा काम गरिएको समाचार प्रकाशन गरेको थियो । राजकुमारीमाथि सङ्गठित आपराधिक गिरोहबाट आक्रमण वा अपरहणको जोखिम बढेको थियो ।

राजकुमारीमाथि आक्रमणको धम्कीपछि देशको सुरक्षा निकायले उनको सुरक्षा सुनिश्चित गर्न अहोरात्र कडा मेहनत गरिरहेको सुरक्षामन्त्री डिलन येसिलगोजले बताए ।

 


Thali Mobile Pvt.Ltd.