भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

मुग्लिन–नारायणगढ सडक सधैको सास्ती

मुग्लिन–नारायणगढ सडक सधैको सास्ती

काठमाण्डौ । हरेक वर्षातको समय मुग्लिन–नारायणगढ सडक खण्ड सधैको सास्ती बन्ने गरको छ । वर्षाका कारण कालीखोलामा पहिरो खस्दा अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक एकतर्फी खुलाइएको छ । पहिरोका कारण रोकिएका गाडीलाई गन्तव्यसम्म पठाउनका लागि एकतर्फी सडक खुलाइएको हो ।

चितवनको इच्छाकामना गाउँपालिका–६ मा पर्ने कालीखोलामा बिहान सवा ५ बजेतिर लेदोसहितको ठूलो पहिरो खस्दा सडक अवरुद्ध भएको हो । लगातार ठूलो पानी परिरहेकाले यो सडक खण्डमा थप पहिरोको जोखिम रहेको छ ।

पहिरोका कारण हेटौँडा–काठमाण्डौ जोड्ने कान्ति लोकपथ र हेटौँडा–कुलेखानी–काठमाण्डौ सडक अवरुद्ध भएको छ । कान्ति लोकपथ अन्तर्गत मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ११ लामराङमा गएराति पहिरो गएकाले सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

 

 


Thali Mobile Pvt.Ltd.