भर्खरै : Sorry, your browser does not support inline SVG.
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने |

मुलुकभर विविध कार्यक्रमको आयोजना गरी गणतन्त्र दिवस मनाइँदै

मुलुकभर विविध कार्यक्रमको आयोजना गरी गणतन्त्र दिवस मनाइँदै

काठमाडौँ । १६ औँ गणतन्त्र दिवसका अवसरमा आज मुलुकभर विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । लोगतान्त्रिक गणतन्त्र स्थापनाका नेपाली जनताले गरेको लामो बलिदान र सङ्घर्षको उपलब्धिका रूपमा डेढ दशकदेखि यो दिवस मनाइने गरिएको हो ।

काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा गणतन्त्र मूल समारोह समितिद्वारा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा विशेष समारोह आयोजना गरी गणतन्त्र दिवस भव्यरुपमा मनाइएको छ ।

दिवसका अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्ष, विभिन्न राजनीतिक दलका प्रमुखहरुले गणतन्त्र स्थापनाको आन्दोलनमा बलिदान गर्ने सहिदप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै देश तथा विदेशमा रहेका नेपालीहरुमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.