न्यूयोर्कमा एकजना वकिलले उनको फर्मले कानुनी अनुसन्धानका लागि च्याटजीपीटी प्रयोग गरेपछि अदालती सुनुवाइको सामना गरिरहेका छन्। एकजना न्यायाधीशले अदालतले ‘विशिष्ट अवस्थामा’ आफूलाई उभ्याउनुपरेको भन्दै उनले प्रस्तुत गरेका मिसिलमा हुँदै नभएको घटनाको उदाहरण दिइएको जनाए।
च्याटजीपीटी प्रयोग गरेका ती वकिलले अदालतलाई भने, “उसको सामग्री गलत हुनसक्छ भन्ने मलाई लागेको थिएन।” च्याटजीपीटीले अनुरोधका आधारमा वास्तविक सामग्रीहरू सिर्जना गर्छ। तर उसले आफूले ‘गलत सूचना पनि दिनसक्ने चेतावनी’ उसले दिने गर्छ।
घटना के हो ?
वास्तविक मुद्दा एक व्यक्तिले आफूलाई लागेको व्यक्तिगत चोटका लागि एउटा वायुसेवाविरुद्ध क्षतिपूर्ति मागेको विषयसँग सम्बन्धित छ। उनको कानुनी टोलीले बुझाएको टिपोटमा विगतका कैयौँ अदालती मुद्दाहरूबारे उल्लेख गरिएको छ जसमा ती नजिरलाई उल्लेख गर्दै किन मुद्दा अघि बढ्नुपर्छ भन्ने चर्चा गरिएको छ।
तर पछि वायुसेवाका वकिलहरूले उक्त टिपोटमा चर्चा गरिएका नजिरका रूपमा चर्चा गरिएका कैयौँ मुद्दाहरू आफूले भेटाउन नसकेको बताए। “छवटा मुद्दाको निर्णय भनिएका कुराहरू गलत थिए र त्यसमा जथाभाबी उद्धृत गरिएको थियो,” न्यायाधीश कास्टेलले आदेशमा लेखेका छन्। उनले ती व्यक्तिको कानुनी टोलीसँग स्पष्टीकरण पनि माग गरेका छन्। उक्त मुद्दाका लागि अनुसन्धानको काम वकिल पिटर लोडुकाले नभई उनकै ल फर्मका एकजना सहकर्मीले गरेको खुलेको छ। तीस वर्षयता वकिल रहेका स्टिभन ए स्वार्जले विगतका त्यस्तै प्रकृतिका मुद्दा हेर्नका लागि च्याटजीपीटीको प्रयोग गरेका थिए।
एउटा लिखित विज्ञप्तिमा उनले लो डुका अनुसन्धान टोलीमा नरहेको र उनलाई कसरी त्यसो भयो थाहा नभएको जनाएका छन्। उनले च्याटबोट प्रयोग गरिएकोमा आफूलाई ‘ठूलो पश्चात्ताप’ रहेको जनाएका छन्। आफूले विगतमा कानुनी अनुसन्धानका लागि कहिल्यै पनि त्यसको प्रयोग नगरेको भन्दै उनले त्यसका सामग्री गलत हुने कुरा थाहा नभएको जनाए।
उनले कानुनी विषयका जानकारी सङ्कलन गर्न भविष्यमा आर्टिफिसिअल इन्जेलिजेन्सको प्रयोग नगर्ने पनि प्रतिबद्धता जनाएका छन्।
स्राेतः बीबीसी
