भर्खरै : Sorry, your browser does not support inline SVG.
तीनकुने–गैरीगाउँ क्षेत्रका बासिन्दाले सामान सार्न थाले, पाँच स्थानमा पुनर्स्थापना गर्ने सरकारको तयारी | पेट्रोलियम पदार्थ आयातबाट साठी अर्ब अठतीस करोड राजस्व सङ्कलन | इरानी विदेशमन्त्री पाकिस्तानमा, अमेरिका–इरान वार्ताका लागि कूटनीतिक प्रयास तीव्र | वीरगञ्ज महानगरद्वारा भूमिहीनलाई ३० दिनभित्र सम्पर्कमा आउन आग्रह | सुखड बजारको होटलमा आगलागी, कामदारको जलेर मृत्यु | विश्वका १० देशमा तीव्र खाद्य असुरक्षा, द्वन्द्व र मल अभाव मुख्य कारण | विनाशकारी भूकम्प गएको १० वर्ष पूरा, पुनर्निर्माण र सम्झनाका बीच नेपाल | थापाथली सुकुम्बासी बस्तीमा अनधिकृत संरचना हटाउन डोजर चलाउन सुरु |

मोटरसाइकलमा चाँदीका गरगहनासहित एक जना पक्राउ

मोटरसाइकलमा चाँदीका गरगहनासहित एक जना पक्राउ

बारा । चार किलो चाँदीका गरगहनासहित एक जनालाई पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाराले वीरगन्जबाट कलैयातर्फ लुकाई छिपाई मोटरसाइकलमा ल्याउँदै गरेको अवस्थामा चार किलो चाँदीका गरगहनासहित एक जनालाई पक्राउ परेका हुन ।

पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका ३ का राजेश साह सोनार रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । पक्राउ परेका साहलाई अहिले जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

विशेष सूचनाको आधारमा गएराति गण्डक चोकमा चेकजाँच गर्ने क्रममा ना १६ प ४०१६ नम्बरको मोटरसाइकलमा चाँदीका गरगहनासहित साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता दुधिराम न्यौपानेले जानकारी दिए।

Mohotsav


Thali Mobile Pvt.Ltd.