काठमाडौँ । उपत्यकामा द्रुत बस सेवा शुरु भएको छ । सरकारले काठमाडौंमा बुधबार दु्रत गतिको सेवा सरु गरेको हो । द्रुत बस सेवा सूर्यविनायक–रत्नपार्क चल्नेछ । द्रुत बस सेवा उद्घाटन भएपनि सर्वसाधारण यात्रुको लागि भने बिहीवारबाट मात्रै सञ्चालनमा आउनेछ ।
उद्घाटनको दिन द्रुत सेवाका बसमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, वागमती प्रदेशका यातायातमन्त्री लक्ष्मण लम्साल, काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र साह लगायतले यात्रा गरेका छन् । संविधान दिवसको अवसर पारेर बुधवार काठमाडौँको रत्नपार्कस्थित शान्तिबाटिकामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले द्रुत बस सेवाको उद्घाटन गरेका हुन् ।

