भर्खरै : Sorry, your browser does not support inline SVG.
जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना | पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध |

मोदीको भ्रमणपछि भारत-श्रीलंकाबीचको सम्बन्धमा नयाँ आयाम, सातबुँदे सम्झौतामा हस्ताक्षर

मोदीको भ्रमणपछि भारत-श्रीलंकाबीचको सम्बन्धमा नयाँ आयाम, सातबुँदे सम्झौतामा हस्ताक्षर

हालै भएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको श्रीलंका भ्रमणले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइ दिएको छ ।श्रीलंकाको सर्वोच्च सम्मान ‘श्रीलंका मित्र विभूषण’ ग्रहण गरेका मोदीले श्रीलंकासँग रक्षा, ऊर्जा र स्वास्थ्य क्षेत्रमा सातबुँदे सम्झौता गरेर सहकार्यको ढोका खोलेका छन् ।शनिबार कोलम्बोमा भएको भव्य समारोहमा श्रीलंकाका राष्ट्रपति अनुरा कुमारा दिसानायकेले मोदीलाई ‘श्रीलंका मित्र विभूषण’ सम्मान प्रदान गरे । यो सम्मान विदेशी राष्ट्रप्रमुखलाई दिइने श्रीलंकाको सर्वोच्च नागरिक सम्मान हो ।यसले भारत र श्रीलंकाको गहिरो मित्रता र विश्वासको प्रतीकको रूपमा काम गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।यसैक्रममा दुवै देशले रक्षा, ऊर्जा, स्वास्थ्य, डिजिटल प्रविधि र विकासका क्षेत्रमा सातवटा सम्झौतामा हस्ताक्षर गरेका छन् । यी सम्झौताले दुई देशको सहकार्यलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ ।

राष्ट्रपति दिसानायकेले कोलम्बोको स्वतन्त्रता चोकमा आयोजित स्वागत समारोहमा भारतको क्षेत्रीय नेतृत्वको प्रशंसा गरे । उनले भने, ‘श्रीलंकाको भूमि भारतको सुरक्षा वा क्षेत्रीय स्थायित्वविरुद्ध प्रयोग हुन दिइने छैन ।’उनको यस्तो प्रतिबद्धताले दुवै देशको सुरक्षा चासोलाई संवेदनशील रूपमा सम्बोधन गरेको इन्डियन एक्सप्रेसले जनाएको छ ।त्यसको जवाफमा मोदीले आफूले पाएको सम्मान १४० करोड भारतीय जनताको भएको बताए । उनले थपे, ‘हाम्रो सुरक्षा एकअर्कासँग जोडिएको छ ।’दुवै नेताले संयुक्त रूपमा सम्पुर सौर्य ऊर्जा परियोजना र डम्बुल्लाको शीत भण्डारण प्लान्टको भर्चुअल उद्घाटन गरे । यी दुवै परियोजना भारतको सहयोगमा श्रीलंकामा निर्माण भएका हुन् ।भ्रमणको महत्त्वपूर्ण पक्ष माछा मार्ने समुदायको मुद्दा पनि थियो । मछुवारको जीविकोपार्जन र समुद्री सीमा विवादबारे भएको छलफलमा सकारात्मक निष्कर्ष निस्किएको दुवै पक्षको दाबी छ ।

संयुक्त प्रेस वक्तव्यका क्रममा प्रधानमन्त्री मोदीले भने, ‘हामीले यो समस्यालाई मानवीय दृष्टिकोणबाट समाधान गर्ने सहमति गरेका छौं ।’उनले भारतीय मछुवार र तिनका डुङ्गाहरू तत्काल रिहा गर्न श्रीलंकामाथि जोड दिए । राष्ट्रपति दिसानायकेले ‘बटम ट्रलिङ’को पर्यावरणीय क्षतिलाई रोक्न भारतको सहयोग मागे ।‘बटम ट्रलिङ’ दुवै देशमा प्रतिबन्धित छ । यो सहमतिले दुई देशका मछुवार समुदायको समस्या समाधान गर्ने अपेक्षा गरिएको छ ।यससँगै, दुवै देशबीच ऊर्जा क्षेत्रमा पनि उल्लेखनीय सहकार्य हुने सम्झौतामा उल्लेख छ । त्रिन्कोमालीलाई ऊर्जा हब बनाउने योजना अघि बढेको छ । त्यहाँ भारत, श्रीलंका र संयुक्त अरब इमिरेट्स (यूएई)को त्रिपक्षीय सहकार्यमा बहु(उत्पादन पाइपलाइन स्थापना हुने भएको छ ।श्रीलंकाको पूर्वी प्रान्तका लागि विशेष सहायता प्याकेज पनि घोषणा गरिएको छ । यी परियोजनाले श्रीलंकाको आर्थिक पुनरोत्थानमा सहयोग पुर्‍याउने विभिन्न सञ्चारमाध्यमहरूको विश्लेषण छ ।

राष्ट्रपति दिसानायकेले भारतको ऋण पुनर्संरचना र आर्थिक सहयोगको प्रशंसा गरे । उनले भने, ‘भारतको साथले हामीलाई कठिन समयमा उभिन सहयोग गरेको छ ।’‘श्रीलंका मित्र विभूषण’ सम्मानको डिजाइनले दुई देशको साझा बौद्ध संस्कृतिलाई झल्काएको छ । यसमा धर्म चक्र, पूर्ण कलश र नवरत्नको प्रतीक समावेश छन् । यो सम्मानले मैत्री, समृद्धि र साझा विरासतको सन्देश दिएको इन्डियन एक्सप्रेसले लेखेको छ ।श्रीलंकाले दिने यो सम्मान पहिलो पटक कुनै विदेशी नेतालाई दिइएको हो । अर्को संयोग चाहिँ मोदीको भ्रमण दिसानायकेले श्रीलंकाको राष्ट्रपति पद सम्हालेपछि कुनै विदेशी नेताको पहिलो औपचारिक भ्रमण थियो ।यो भ्रमणले भारतको ‘नेबरहुड फर्स्ट‘ नीति र ‘सागर’ दृष्टिकोणमा श्रीलंकाको महत्त्वलाई पुनः पुष्टि गरेको बताइएको छ ।आइतबार मोदी अनुराधापुर जाने कार्यक्रम छ । त्यहाँ बुद्धको अवशेष प्रदर्शनीको योजना पनि रहेको छ । विज्ञहरूले यो भ्रमणलाई दक्षिण एसियाली क्षेत्रमा भारतको प्रभाव विस्तारको रूपमा हेरेका छन् । रासस

 


Thali Mobile Pvt.Ltd.