भर्खरै : Sorry, your browser does not support inline SVG.
रुकुम पूर्वबाट प्रचण्ड विजयी, नेकपाले खोल्यो जितको खाता | काठमाडौं–८ मा विराजभक्त श्रेष्ठको सानदार जित, सबै प्रतिस्पर्धीको जमानत जफत | काठमाडौं–१ मा रास्वपाको पहिलो जित, रञ्जु न्यौपाने भारी मतान्तरले विजयी | जुम्ला मतगणना अपडेट: राप्रपाका ज्ञानेन्द्र शाही अग्रता, नेकपा दोस्रो स्थानमा | झापा–५ मतगणना अपडेट: बालेन साह ओलीभन्दा दोब्बर बढी मतले अगाडि | नवलपरासीमा मतगणना तयारी पूरा, केही समयमै सुरु हुने | प्रतिनिधिसभा मतगणना अपडेट: राष्ट्रिय स्वतन्त्र पार्टी ४१ स्थानमा अग्रता, एमाले ५ र कांग्रेस ३ क्षेत्रमा अगाडि | इरान–इजरायल युद्ध चर्कियो : मिसाइल आक्रमण, तेहरानमा विस्फोट र खाडी क्षेत्रमा तनाव |

यतिबेला कालोबजारी गर्नेलाई ५ वर्ष कैद

यतिबेला कालोबजारी गर्नेलाई ५ वर्ष कैद

काठमाडौं । खाना पकाउने ग्यासलगायत अन्य उपभोग्य वस्तुको कालोबजारी गरेमा ५ वर्ष कैद गर्ने निर्णय सरकारले गरेको छ ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र मन्त्रालयका उच्च अधिकारीको बैठकले यस्तो निर्णय गरेको हो । कोरोना भाइरस संक्रमणको त्रास फैलिरहेका बेला ग्यासको कालोबजारी भए, ग्यास उद्योगले असहयोग गरे कार्वाही संगसंगै उनीहको अनुमति खारेज गर्ने निर्णय गरेको छ ।

साल्ट ट्रेडिङ, खाद्य व्यवस्था कम्पनी, ठूला निजी खाद्य स्टोर, सबै जिल्लाको खाद्यान्न विवरण संकलन गर्ने निर्णय गरेको मन्त्रालयले जनाएको छ। खाद्यान्न अभाव भए हेलिकप्टरबाट पनि ढुवानी गर्ने, २४ सै घण्टा काम गर्न कर्मचारी तयार रहनुपर्ने लगायतका निर्णय गरेको छ ।