भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

यातायातका लागि काटिने टिकट काउन्टर दर्ता गरेर मात्र सञ्चालन गर्न कामनपाको आग्रह

यातायातका लागि काटिने टिकट काउन्टर दर्ता गरेर मात्र सञ्चालन गर्न कामनपाको आग्रह

काठमाडौं । काठमाडौँ महानगरपालिकाले भदौ १ गते देखि हाल सञ्चालनमा रहेका बुकिङ काउन्टरहरू हटाइने भएको छ । काउन्टर सञ्चालन गर्न महानगरमा दर्ता गराएर मात्रै सञ्चालन गर्न महानगरले उक्त निर्णय गरेको हो ।

लामो तथा छोटो दुरीमा सञ्चालन हुने यातायातका लागि काटिने टिकट काउन्टर दर्ता गरेर मात्र सञ्चालन गर्नु पर्ने भन्दै हटाउन खोजेको हो । सार्वजनिक सवारी साधनले तोकिएको मापदण्ड पुरा गर्नु पर्ने भन्दै महानगरले दर्ता प्रक्रियामा आउन आग्रह गरेको छ ।

जथाभाबी काउन्टर राख्दा ट्राफिक व्यवस्थापनमा समस्या भएको भन्दै सम्बन्धित वडा कार्यालयमा दर्ता गराएर मात्र सञ्चालन गर्न महानगरले सूचना जारी गरेको हो ।

 


Thali Mobile Pvt.Ltd.