भर्खरै : Sorry, your browser does not support inline SVG.

विद्युतीय सवारी साधनको प्रयोग बढाउनुपर्नेमा मन्त्री बस्नेतको जोड

विद्युतीय सवारी साधनको प्रयोग बढाउनुपर्नेमा मन्त्री बस्नेतको जोड

काठमाडौं । विद्युतीकरणको माध्यमबाट देशको आर्थिक विकास र समुन्नति सम्भव रहेको उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले बताएका छन् । विद्युतीय सवारीसाधनको र्‍यालीमा सहभागी भएपछि शनिबार नेपाल विद्युत प्राधिकरणको ३८ औं वार्षिकोत्सवको अवसरमा उनले यस्तो बताएका हुन ।

नेपाल विद्युत प्राधिकरणले भदौ १ गते आफ्नो ३८ औं वार्षिकोत्सवम मनाउँदै छ । उक्त अवसरमा प्राधिकरणले सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।

मन्त्री बस्नेतले विद्युतीकरणको माध्यमबाट देशको आर्थिक विकास, समुन्नति र स्वच्छ वातावरणको क्षेत्रमा विद्युतप्राधिकरणले महत्वपूर्ण योगदान गरेको उल्लेख बताए । उनले स्वच्छ वातावरणको लागि विद्युतीय सवारी साधनको प्रयोग बढाउनुपर्नेमा जोड दिए ।

 


Thali Mobile Pvt.Ltd.