भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

युरोपेली आयुक्त जुट्टा उर्पिलाइनेन नेपाल आउँदै

युरोपेली आयुक्त जुट्टा उर्पिलाइनेन नेपाल आउँदै

काठमाडौं । युरोपेली आयुक्त जुट्टा उर्पिलाइनेन नेपाली नेताहरूसँग भेटघाट गर्न एक दिवसीय भ्रमणका लागि नेपाल आउँदै छन् ।

अन्तर्राष्ट्रिय साझेदारीका लागि आउन लागेकी उनी युरोपेली संघका विभिन्न कामको अनुगमन समेत गर्ने बताइएको छ ।

नेपालले सन् २०२६ मा अल्पविकसित देश (एलडीसी) स्थितिबाट उत्तीर्ण हुने तयारी गरिरहेको बेला कमिस्नर उर्पिलाइनेनको भ्रमण एउटा महत्वपूर्ण समयमा हुन लागेको हो ।

हालैको बहुवार्षिक सांकेतिक कार्यक्रम (एमआईपी) मार्फत नेपालसँग युरोपेली संघको बलियो र अटल संलग्नतालाई पुनः पुष्टि गर्ने अवसर हो ।

उर्पिलाइनेनले प्रधानमन्त्री दाहाल र परराष्ट्रमन्त्री पौडेलसँग द्विपक्षीय छलफल गर्ने र युरोपेली संघका विभिन्न बहुक्षेत्रीय पोषण कार्यक्रम (ईयू, जर्मनी र युनिसेफको सहयोगमा) प्रति ईयूको प्रतिबद्धता नवीकरण गर्नेछिन् ।

यस कार्यक्रमले नेपालभर मातृ, किशोरी र बालपोषण सुधार गर्न जारी राख्ने ईयूको विश्वास छ।

 


Thali Mobile Pvt.Ltd.