रग्वी टिमकी कप्तानलाई कोरोना पुष्टी

रग्वी टिमकी कप्तानलाई कोरोना पुष्टी

काठमाडौं । नेपाली राष्ट्रिय महिला रग्वी टीमकी कप्तान एलिसा थापालाई कोरोना संक्रमण भएको छ । बुधबार उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफुलाई संक्रमण भएको बताएकी हुन् ।

थापा अहिले बाग्मती प्रदेशका उपसभामुखको स्वकीय सचिवका रुपमा कार्यरत छन् । सन् २०१५ देखि राष्ट्रिय रग्वी टीममा खेल्न सुरु गरेकी थापाले २०१७ देखि कप्तानी सम्हालेकी थिइन् ।

पछिल्लो समय कोरोना भाइरसको जोखिम बढ्दै जाँदा नेपाली खेलकुद ठप्प छ । थापाले कोरोना संक्रमण भएपछि आफु सुरक्षित साथ घरमा बसिरहेको बताएकी छन् ।

 


Thali Mobile Pvt.Ltd.