भर्खरै : Sorry, your browser does not support inline SVG.
इरानसँग युद्ध अन्त्यको सम्झौता नजिक पुगेको ट्रम्पको दाबी, सैन्य आक्रमणको योजना फिर्ता | दार्चुलामा भारत निकासी गर्न लागिएको ३९ बोरा झ्याउ बरामद, चार जना पक्राउ | सुनको मूल्यमा एकैदिन ५ हजार ३ सय रुपैयाँ वृद्धि, तोलाको २ लाख ९२ हजार पुग्यो | अर्थमन्त्री स्वर्णिम वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग | नेपालमा लागुऔषध नियन्त्रण गर्न प्रहरीको ३ वर्षे विशेष कार्ययोजना | गण्डकीसहित ५ प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने, सतर्कता अपनाउन आग्रह | पालिकाहरूमा नीति कार्यक्रम र बजेट तर्जुमाको लागि स्थलगत सहजीकरण टोली गठन | जोहानेसबर्गमा गोलीबारी, कम्तीमा १२ जनाको मृत्यु |

राप्ती नदीले बगाएर एक महिलाको मृत्यु, एक बेपत्ता

राप्ती नदीले बगाएर एक महिलाको मृत्यु, एक बेपत्ता

चितवन । पश्चिम चितवनको राप्ती नदीले बगाएर एक जनाको मृत्यु भएको छ भने एक बेपत्ता भएका छन् । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२४ की ४८ वर्षीया फडिमायाँ अधिकारी रहेकी प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार बेपत्ता हुनेमा ३२ वर्षीया निरमायाँ श्रीमल रहेकी छन् । पण्डितका अनुसार उनीहरु आज बिहान निगुरो टिप्न गएका थिए । बेपत्ता श्रीमलको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

मृतकको शवपरीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको पण्डितले बताए । भरतपुर महानगरपालिका–२५ स्थित जमुनाघाटमा उनीहरुलाई नदीले बगाएको थियो ।

 


Thali Mobile Pvt.Ltd.