भक्तपुर । एक घर एक सदस्य अभियान लिएर नाफामुखी भन्दा सेवामुखी र उत्पादनमूखी बनाउने विशेष योजना लिएको दक्षिणकाली महिला बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १६औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
शनिबार लोकन्थलीमा आयोजित विशेष कार्यक्रममा सहकारीले महिलालाई आत्मनिर्भर तथा आर्थिक सशक्तिकरणका पक्षमा पैरवी गर्न थालेको वक्ताहरुले बताए । आफ्नो परिवारमात्र नभई समाज रुपान्तरणका लागि महिलाले नेतृत्व लिन थालेको विश्वासका वक्ताहरुको थियो ।
कार्यक्रममा उत्कृष्ट १० जना महिलालाई सम्मान गरिएको सहकारी सञ्चालन गरिएको सचिव उत्तरा नेपालले बताइन् । तीन जना बालसदस्य, तीन–तीन जना असल ऋणी तथा बचत कर्तालाई सम्मान गरिएको उनको भनाइ छ । सम्मानित बालसदस्यहरुमा दृष्या भण्डारी, सुभाङ्ग पराजुली र आस्रा भण्डारी रहेका छन् ।
असल ऋणीमा देवकी खड्का, अनिता बजगाई र सरिता रसाईली रहेका छन् । असल बचत कर्ताहरुमा लालकुमारी श्रेष्ठ, तेजकुमारी पराजुली र राधा कार्की छन् । पद्मा खड्कालाई जेष्ठ आमा सम्मान प्रदान गरिएको छ । १ हजार ३ सय ५४ जना सदस्य सरकारीमा आवद्ध छन् ।
१६औं साधारण सभामा संस्थागत प्रतिवेदन सचिव नेपालले प्रस्तुत गरेकी थिइन । कोषाध्यक्ष सावित्रा दाहालले आर्थिक प्रगति तथा अनुमानित बजेट प्रस्तुत गरेकी थिइन् । त्यस्तै लेखा तथा सुपरिवेक्षण समितिका संयोजक सृजना अधिकारीले प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।
जिल्ला बचत संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सहकारी कि सन्चालक वागमती प्रदेश सांसद सकुन्तला श्रेष्ठ, बजरंगबली बचत तथा ऋण सहकारी संस्थाका प्रतिनिधि, संगिनी महिला बचत तथा ऋण सहकारी संस्थाका प्रतिनिधि,
सिद्धेश्वरी महिला बचत तथा ऋण सहकारी संस्थाका प्रतिनिधि लगायतका व्यक्तिहरु रहेका थिए । शुशिला पराजुलीकोे अध्यक्षता सम्पन्न कार्यक्रममा उपाध्यक्ष राधा हुमागाईले स्वागत मन्तव्य राखेकी थिइन् ।
