भर्खरै : Sorry, your browser does not support inline SVG.
काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | ब्रोड पिकमा शव उद्धार प्रयास जारी, क्याम्प–१ हुँदै जापानी क्याम्पबाट हेलिकोप्टर उद्धारको योजना | सरकारको पाक्षिक तलब योजना कार्यान्वयनमै रोकियो, पहिलो महिनामै कर्मचारी निराश | सेउटामा आप्रवासी सङ्कटपछि ईयूको आपतकालीन बैठक, स्पेन–मोरक्को सीमा संकटबारे छलफल | अमेरिका जान नेपालीले अब ३० लाख रुपैयाँसम्म धरौटी राख्नुपर्ने, नयाँ ‘भिसा बन्ड’ नियम लागू | बूढानीलकण्ठमा प्रहरीको गोली प्रहारपछि कर्मा तामाङ पक्राउ, खुकुरीसहित प्रहरीमाथि आक्रमणको प्रयास | १३ बुँदे सहमतिपछि गृहमन्त्री गुरुङको अपिल : अब द्वन्द्व होइन, मेलमिलाप चाहिन्छ | भक्तपुर अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमणको भर्त्सना, दोषीमाथि कडा कारबाही गर्न चिकित्सक सङ्घको माग |

राष्ट्रपति निर्वाचनका लागि आयोगले तोक्यो मतदान केन्द्र र मतदान अधिकृत

राष्ट्रपति निर्वाचनका लागि आयोगले तोक्यो मतदान केन्द्र र मतदान अधिकृत

काठमाडौं । राष्ट्रपति निर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन अधिकृत तोक्ने र मतदान स्थल तय गर्ने काम गरेको छ । फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि निर्वाचन आयोगले उक्त काम अघि बढाएको हो । आयोगले पाटन उच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेललाई मतदान अधिकृत तोकेको र मतदान स्थल नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरलाई बनाइने जनाएको छ । नयाँ बानेश्वरमा रहेको संसद भवन परिसरमा दुई वटा मतदान केन्द्र रहनेछन् ।

आयोगले जारी गरेको कार्यतालिका अनुसार फागुन १० गते बुधबार मतदाता नामावली सार्वजनिक गरिँदैछ । राष्ट्रपति निर्वाचनमा संघीय संसद र प्रदेश सभाका सदस्यहरू मतदाता हुन्छन् । जसअनुसार सातै प्रदेशका प्रदेश सभा सचिवालयले मतदाताका नाम पठाइसकेका छन् । दलहरूले राष्ट्रपति उम्मेदवार कसलाई बनाउने टुंगो लगाइसकेका छैनन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उनले नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले राष्ट्रपति चुनावमा राष्ट्रिय सहमतिका लागि पहल गर्ने बताइरहेका छन्। नेपाली कांग्रेसले राष्ट्रपति निर्वाचनमा उम्मेदवारी दिने निर्णय गरिसकेको छ भने उम्मेदवार टुंग्याएको छैन।

नेकपा एमालेले पनि गत पुस १० को सहमतिअनुसार राष्ट्रपति सत्ता गठबन्धनबाट साझा उम्मेदवारका रूपमा एमालेबाट उठाइने उम्मेदवार हुनुपर्ने अडान राखेको छ। राष्ट्रपति निर्वाचनका लागि यही फागुन १३ गते उम्मेदवारको मनोनयन दर्ता गर्नुपर्ने निर्वाचन आयोगको तालिका रहेको छ ।

 

 

 


Thali Mobile Pvt.Ltd.