भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

राष्ट्रपति र उपराष्ट्रपतिमा धेरै नेताको आकाँक्षा, माओवादीमा जयपुरीको चर्चा

राष्ट्रपति र उपराष्ट्रपतिमा धेरै नेताको आकाँक्षा, माओवादीमा जयपुरीको चर्चा

काठमाडौं । सत्ता गठबन्धन भित्र राष्ट्रपति र उपराष्ट्रपति छान्न सकस भएसंगै धेरै नेताहरुले आकाँक्षा व्यक्त गरेका छन् । दुई प्रमुख दल नेकपा एमाले र माओवादी केन्द्र का भागमा राष्ट्रपति र उपराष्ट्रपति परेको को छ ।

धेरैले आकाँक्षा राखेका कारण दुबै दललाई राष्ट्रपति र उपराष्ट्रपति छान्न सकस भएको स्रोतको दावी छ । एमालेभित्र अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली र सुवास नेम्वाङको दाबी रहेको छ भने उपराष्ट्रपतिका लागि माओवादी केन्द्र भित्र जयपुरी घर्तीको चर्चा छ ।

घर्ती २०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा रोल्पा क्षेत्र नं. १ बाट निर्वाचित भएकी थिइन् । २०६९ सालमा मोहन वैद्यलाई रोजेकी जयपुरीको २०७० सालको दोस्रो संविधान सभा निर्वाचन यात्रा रोकिएको थियो ।

रामबहादुर थापा बादल सहितको समूह नेकपा माओवादीमा फर्किंदा जयपुरी पनि माओवादी केन्द्रमा समाहित भएकी थिइन् ।

२०७४ सालको प्रतिनिधि सभा सदस्यमा समानुपातिक सांसद बनेकी उनी सामाजिक विकास समितिको सभापति पनि भइन् । सशस्त्र द्वन्द्वमा श्रीमान गुमाएकी नेतृ हुन ।

 


Thali Mobile Pvt.Ltd.