भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपीडितको तत्काल उद्धार, राहत र उपचार गर्न नेमकिपाको माग | बाढीपछि तिब्बत पुगे चिनियाँ प्रधानमन्त्री ली छ्याङ, उद्धार र राहतको स्थलगत निरीक्षण | गोसाइँकुण्डबाट फर्किने पर्यटकलाई मन्त्रालयको आग्रह : धुन्चेतर्फको नियमित सडकमार्ग प्रयोग नगर्नु | विनाशकारी बाढीमा हाइड्रो इन्जिनियर सत्यसुन्दर प्रजापतिको मृत्यु, धादिङमा २१ शव फेला | रसुवा बाढीको कहर : आठ जिल्लामा भेटियो २८९ जनाको शव | विपद्पछि एकजुट भए राजनीतिक दल, उद्धारदेखि पुनर्निर्माणसम्म सरकारलाई सहयोग गर्ने प्रतिबद्धता | हिमपहिरोपछि आएको बाढीले नेपाल–चीन दुवैतर्फ ठूलो क्षति, सयौँ बेपत्ता | १६ सय विद्यार्थीको ज्यान जोगाउने १५ मिनेटको निर्णय, विद्यालय नै बगरमा परिणत |

सेयर बजार उकालो लाग्यो

सेयर बजार उकालो लाग्यो

काठमाडौं । नयाँ सरकार गठन हुने वित्तिकै सेयर बजार एकाएक उकालो लागेको छ । लामो समय ओरालो लागेको सेयरबजार ‘नेप्से’ गत साताका ४ दिनमा १ सय ६२ अंकले बढेको छ ।

गत साता सेयर कारोबार अन्तिम दिन बिहीबार २ हजार २९ दशमलव ०३ को बिन्दुमा पुग्यो । पुस १० गते पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेपछि भोलिपल्टैदेखि सेयरबजारमा हरियाली छाएको हो । खुला अर्थनीति र सेयरबजारप्रति सकारात्मक छाएको छ। अर्थमन्त्री हुने वित्तिकै विष्ण पौडेलले सेयरबजारका समस्या समाधानमा पहल गरे ।

उनी मन्त्री बनेकै दिन बसेको मन्त्रिपरिषद् बैठकले पुँजीबजारमा आएको गिरावटलाई सम्बोधन गरी अर्थतन्त्र गतिशील बनाउने निर्णय गरेको थियो ।

नयाँ सरकार बनेको साताका चार दिन सेयर कारोबार भयो भने तीन दिन नेप्से बढ्यो । सोमबार ५६ दशमलव ८६ अंकले बढेको सेयरबजार परिसूचक मंगलबार ५९ दशमलव ८७ अंकले उकालो लागेको थियो । बुधबार नेप्सेमा ११ दशमलव ८१ अंकको ‘करेक्सन’ आयो भने भोलिपल्टै ५६ दशमलव ८८ अंकले बढ्यो ।

कुल चार दिन कारोबार भएको सातामा सेयर लगानीकर्ताको कुल सम्पत्ति २ खर्ब ३४ अर्ब रुपैयाँले वृद्धि भएको छ । अघिल्लो साताको समाप्तिसम्म २७ खर्ब २ करोड रुपैयाँ रहेको बजार पुँजीकरण २९ खर्ब ३४ अर्ब ४९ करोड रुपैयाँ कायम भएको नेप्सेले जनाएको छ ।

साताभर नेप्से परिसूचक १ सय ६१ दशमलव ८२ अंकले बढेर २ हजार २९ दशमलव ०३ अंकमा आइपुगेको छ।

 


Thali Mobile Pvt.Ltd.