भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

राष्ट्रियसभाबाट मिटरब्याजसम्बन्धी विधेयक पारित

राष्ट्रियसभाबाट मिटरब्याजसम्बन्धी विधेयक पारित

काठमाण्डौ । राष्ट्रियसभाबाट मिटरब्याजसम्बन्धी विधेयक पारित भएको छ । राष्ट्रियसभाको बिहीवार बसेको बैठकले ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८०’ सर्वसम्मतरूपमा पारित गरेको हो । राष्ट्रियसभाका अघिल्ला बैठकमा नै यो विधेयक पारित हुनुपर्ने भए पनि अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले केही कानुनी विषयको अध्ययन गर्ने भन्दै निर्णयार्थ पेस नगरेका हुन ।

मिटरब्याज पीडितको माग सम्बोधन गर्ने गरी सरकारले गएको वैशाख २० गते अध्यादेश ल्याएको थियो । प्रतिनिधिसभामा निर्णयार्थ पेस हुने दिन नै नेकपा एमालेका सांसदले बैठकमा अवरोध गरेपछि फेरि नयाँ प्रक्रियाबाट विधेयक पेस हुँदै पारित भएको हो । अब यो विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाउने बाटो खुलेको छ ।

राष्ट्रपतिले विधेयक प्रमाणीकरण गरेपछि कानुनका रूपमा कार्यान्वयनमा आउनेछ । यसअघि सरकारले मिटरब्याजसम्बन्धी समस्या समाधानका लागि आयोग गठन गरे पनि कानुन नबन्दा आयोगलाई काम गर्न समस्या भएको थियो ।

 


Thali Mobile Pvt.Ltd.