काठमाडौँ । नेकपाको सचिवालय बैठक ३ बजे बस्दैछ । बिहान ११ बजे बस्ने तय भएको बैठक ३ बजेलाई सारिएको प्रचार विभाग उपप्रमुख सूर्य थापाले बताए ।
पार्टी आन्तरिक विवाद समाधानका लागि कार्यदलले बुझाएको प्रतिवेदन रराष्ट्रियसभामा मनोनयन गर्ने सदस्यका बारेमा छलफल हुने उनले जानकारी दिए । राष्ट्रपतिबाट मनोनित हुने रिक्त एक स्थानमा उपाध्यक्ष वामदेव गौतम र अर्थमन्त्री डा। युवराज खतिवडामध्ये कसलाई पठाउने भन्ने विषय टुंग्यो लाग्ने उनको भनाइ छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले खतिवडालाई नै राष्ट्रियसभामा मनोनित गरेर अर्थमन्त्रीमा निरन्तरता दिने राय राखेको र उपाध्यक्ष गौतमले यसअघि पार्टीले गरेको निर्णयअनुसार आफू मनोनित हुनुपर्ने दाबी गरेका छन् । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने गौतमलाई नै अघि रारेको उनको भनाई छ ।
