भक्तपुर । राष्ट्रिय युवा परिषद् सूर्यविनायक नगरपालिकाको दश वटै वडामा वडास्तरिय युवा क्लव गठन हुने भएको छ । क्लवमा नगरभरका १६–२४ वर्षका युवाहरु यतिवेला धमाधम कमिटि गठनमा लागेका छन् ।
युवाका कार्यहरु गर्ने निश्चित कमिटि भएकोले यसमा स्थानीय तहमा बजेट व्यवस्थापन, न्यायिक समितिका कार्य र स्थानीय सरकारलाई सूझाव सल्लाह दिने भएकोले युवा उद्यमशील कसरी बनाउन सकिन्छ भन्ने विषयमा यो क्लवले काम गर्ने बताइएको छ ।
नेपाल सरकार युवा तथा खेलकूद मन्त्रालय राष्ट्रिय युवा परिषदको कार्यविधि अनुसार गठन हुने भएकाले यो उमेर समूहमा बसेकाहरुले सुशासन कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने सूर्यविनायक नगरका प्रवक्ता एवं सामाजिक विकास समितिका संयोजक रविन्द्र सापकोटाले बताए ।
वडा नं. ७ को युवा भेलालाई सम्बोधन गर्दै उनले स्थानीय सरकारका गतिविधिमासमेत खवरदारी गर्न आग्रह गरे । नगरका सचेत युवाहरु समितिमा बस्न आग्रह गर्दै नमुना नगर बनाउन समितिमा रहेका युवाले भूमिका खेल्न र राष्ट्रिय युवा परिषदको कार्यविधि अनुसार कार्यसम्पन्न गर्न अनुराेध गरे ।
युवाको साथ–साथ नेपाल र नगरपालिकाबीच भएको सझौतामा युवाहरुलाई राज्यसंयन्त्र र नीतिनिर्माणका बारेमा अभ्यस्त गराउन नमुना नगरसभासमेत सञ्चालन गरिने जनाइएको छ । कार्यक्रममा १५ सदस्यीय समिति पनि गठन भएको छ ।
वडा नं. ७ मा गठित समितिमाको अध्यक्षमा मेनका थापा र वडा नं. ८ को अध्यक्षमा संगम थापा चयन भएका छन् । वडा नं. ९ को समिति चयन भएपनि पदाधिकारी चयन गर्न बाकी रहेको सस्थाका अध्यक्ष श्रीकृष्ण थापाले बताए ।
आउदो हप्ता भित्र सबै वडाको कमिटि गठन गरीसक्ने र नगरस्तरीय कार्यलाई चुस्त बनाउने उनको भनाइ छ ।
