भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकी मध्यावधि निर्वाचनमा रिपब्लिकनलाई धक्का, नर्थ क्यारोलाइनामा डेमोक्रेटको जित | विद्यार्थी राजनीतिदेखि जापानको संयोजकसम्म : रेशमकुमार डंगोलको संघर्षपूर्ण यात्रा | जुम्लाको दुर्गम गाउँदेखि विद्यावारिधिसम्म : एलपी देवकोटाको प्रेरणादायी कथा | प्रतिपक्षी दलको सरकारलाई दबाब : ‘तत्काल संसद् अधिवेशन बोलाऊ’ | कात्तिक १६ सम्म सात हजार ६८८ विपद्का घटना | भेनेजुएलामा विद्रोही शिविरमाथि सैन्य आक्रमण, कम्तीमा १९ जनाको मृत्यु | मझिमटारमा आकाशे पुलको गर्डर राख्न पृथ्वी राजमार्ग तीन घण्टा बन्द | भक्तपुरमा एकहप्ते सेरामिक्स कार्यशाला सुरु, नगर प्रमुख प्रजापतिद्वारा उद्घाटन |

राष्ट्र सङ्घको ७५ औं महासभामा प्रधानमन्त्री ओलीको टोली सहभागी हुने

राष्ट्र सङ्घको ७५ औं महासभामा प्रधानमन्त्री ओलीको टोली सहभागी हुने

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डलले संयुक्त राष्ट्र सङ्घको ७५ औं महासभामा भाग लिने भएको छ । न्यूयोर्कमा आजदेखि सुरु भएको ७५ औं महासभालाई प्रधानमन्त्री ओलीले आउँदो सोमबार सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

भर्चुअल रुपमा हुने ‘२०२० दिगो विकास लक्ष्यका क्षण’ बैठक र आउँदो १४ गते हुने जैविक विविधता सम्मेलनलाई पनि सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । यसैगरी परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आणविक अस्त्रहरुको पूर्ण उन्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका अवसरमा आयोजना हुने उच्चस्तरीय बैठकलाई आउँदो १६ गते तथा अल्पविकसित राष्ट्र र भू(परिवेष्टित विकासोन्मुख राष्ट्रहरुको मन्त्रिस्तरीय बैठकलाई पनि अप्रत्यक्षरुपमा सम्बोधन गर्ने कार्यक्रम छ ।

परम्परागतरुपमा संयुक्त राष्ट्रसङ्घको महासभाकै समयमा हुँदै आएको दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क० मन्त्रिपरिषद्को बैठक नेपालले आउँदो ८ गते आयोजना गर्दैछ । प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा मन्त्री ज्ञवाली र नेपाल सरकारका वरिष्ठ अधिकारी काठमाण्डौबाट सहभागी हुने छन् भने अमेरिकाका लागि नेपाली राजदूत अर्जुन कार्की, न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई सहभागी हुनु हुने छ ।

 


Thali Mobile Pvt.Ltd.