भर्खरै : Sorry, your browser does not support inline SVG.

कुलमानलाई पुनर्नियुक्ति गर्न सकिदैन: मन्त्री ज्ञवाली

कुलमानलाई पुनर्नियुक्ति गर्न सकिदैन: मन्त्री ज्ञवाली

रुपन्देही । सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्नियुक्ति गर्न नसकिने बताएका छन् । प्रेस सङ्गठनले शुक्रबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले कुलमानलाई पुनर्नियुक्ति गर्न कानुनी अड्चन भएको बताए।

लोडशेडिङमुक्त बनाउन कुलमान घिसिङको मुख्य भूमिका रह्यो तर उनको मात्रै एक्लो प्रयासले नभएको बताए । जनताबाट हारेकाहरु पुन राष्ट्रिय सभामा लिन हुने तर कुलमानलाई किन कार्यकारी बनाउन नहुने भन्ने जन गुनासा आइरहेका बेला उनको यो अभिव्यक्तिलाई फरक ढंगले हेरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.