काठमाडौं । सरकारमा जाने कि नजाने भन्ने विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीले शुक्रबारको बैठकले निर्णय गर्ने जनाएको छ ।
सरकारमा जाने कि प्रतिपक्षमा बस्ने भन्नेबारे शुक्रबारको बैठकले निर्णय गर्ने सोमबार बसेको केन्द्रीय समितिको बैठकले निर्णय गरेको जनाइएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड साविकको मन्त्रालय दिन र न्यूनतम साझा कार्यक्रम पुनर्लेखन गर्न तयार रहेको समेत रास्वपाले जनाएको छ । अहिलेको अवस्थामा पार्टी सरकारमा नरहे पनि संसदमा सत्तापक्षको बेन्चमा रहेको रास्वपाले जनाएको छ।
अर्थमन्त्रालय दाबी गर्नुपर्ने आवाज बैठकमा उठेको भन्दै प्रधानमन्त्री तयार भएको अवस्थामा स्वर्णिम वाग्लेलाई अर्थमन्त्री बनाउन तयार रहेको रास्वपाले जनाएको छ । बैठकमा केन्द्रीय सदस्यहरूले सरकारमा जाँदा र नजाँदाका फाइदा बेफाइदाबारे धारणा राखेका थिए ।
