भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने | लगानीको शब्दबाट विश्व शक्तिको मोर्चासम्म : कसरी बदलिँदैछ ‘ब्रिक्स’को प्रभाव ? | बाढीले बगाएको देवीघाटको पुल पाँच दिनमै पुनर्निर्माण, सबै प्रकारका गाडी चल्न थाले | विदेशी लगानीकर्ताको रोजाइमा सूचना प्रविधि, ७२७ परियोजनामा लगानी प्रतिबद्धता | भोटेकोशी बाढीको असर : ५ जिल्लाका १५ पालिकामा १६ हजारभन्दा बढी घरधुरी प्रभावित | कंगोमा दुई विद्यालयमा भीषण आगलागी, भागदौडमा २९ विद्यार्थीको मृत्यु | रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ |

रुस–युुक्रेनको युुद्धमा मारिएपछि इलामको सुकिलुम्वा गाउँ शोकमा

रुस–युुक्रेनको युुद्धमा मारिएपछि इलामको सुकिलुम्वा गाउँ शोकमा

इलाम । इलामका गंगाराज मोक्तानको रुस र युुक्रेनको युुद्धमा मारिएपछि गाउँ शोकमा डुबेको छ । चार वर्षअघि रोजगारीको सिलसिलामा दुुबई गएका गंगाराम दुई महिना अघि मात्र रसिया गएका थिए । दुुवई जानुअघि उनी नेपाली सेनामा ५ वर्षसम्म जागिर गर्दै थिए ।
रसियामा मृत्यु भएका मोक्तानको परिवारसहित इलाम नगरपालिका– ९ सुकिलुुम्वा गाउँ शोकमा डुवेको हो ।

साविक इलाम नगरपालिका– ५ सुकिलुम्वामाका ३२ वर्षीय गंगारामका श्रीमती र एक छोरा यतिखेर भावविह्ल भएका छन् । घटनापछि विक्षिप्त बनेकी श्रीमती यान्जिला शेर्पाले जसरी पनि शव घरसम्मै ल्याउन व्यवस्था गरिदिन माग गरेकी छन् ।

गत कार्तिक २६ मा पछिल्लो पटक श्रीमतीसँग कुरा हुँदा सात दिन युद्धमा गएर आएको र अव केही दिन बिदामा बस्ने जानकारी गराएका थिए । बिदा पछि पुनः युद्धमा नै पठाउछन् होला भन्ने बताएको श्रीमतीको भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.