भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

कडा रोगहरूका औषधि स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत नपाइने

कडा रोगहरूका औषधि स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत नपाइने

काठमाडौँ । अब कडा रोगहरूका औषधि स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत नपाइने भएको छ । विपन्न नागरिक औषधि उपचार कार्यक्रममार्फत ८ वटा कडा रोगको औषधि अब नपाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हो। स्वास्थ्य मन्त्रालयले कडा रोगहरूको उपचार खर्च स्वास्थ्य बीमामा आवद्ध गर्ने कार्यविधि २०७८ लाई खारेज गरी मन्त्रालय मातहत फर्काएको हो ।

अर्थात् स्वास्थ्य मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गरी विपन्न नागरिक औषधि उपचार कार्यक्रम सञ्चालन निर्देशिका २०८० स्वीकृत गरी लागु गरिएको हो । २०७९ वैशाख १ देखि स्वास्थ्य बीमा बोर्डमार्फत विपन्न नागरिक औषधि उपचार कार्यक्रममार्फत सेवा दिइएको थियो ।

स्वास्थ्य बीमा कार्यक्रम मार्फत पाउँदै आएको मुटु, मिर्गौला, क्यान्सर, अल्जाइमर्स, पार्किन्सन्स, हेड इन्जुरी, स्पाइनल इन्जुरी र सिकलसेल एनिमियाको औषधि उपचार सहुलियत अब नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाबाट पाइने भएको हो ।

निर्देशिका २०७५ संशोधन गरी २०७७ बाट नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाबाट सञ्चालन हुँदै आएको यो कार्यक्रमलाई स्वास्थ्य बीमा बोर्ड अन्तर्गत लगिएको थियो । कडा रोगहरूको उपचार खर्च स्वास्थ्य बीमामा आवद्ध गर्ने कार्यविधि कार्यान्वयनमा आएको एक वर्ष बितेलगत्तै मन्त्रालयले खारेज गरेको हो । सरकारले एकद्वार प्रणालीबाट स्वास्थ्य सेवा दिने भने पनि एक वर्ष नबित्दै आफ्नो निर्णय उल्ट्याएको छ ।

 

 


Thali Mobile Pvt.Ltd.