२ जेठ २०७७ काठमाडौं । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लक डाउनको मोडालिटी चेन्ज गर्ने तयारी गरेको छ। समितिको बैठकले जेठ ५ गतेपछि लक डाउनको मोडालिटी परिवर्तन गर्ने तयारी गरेको हो।
समितिले जोखिम क्षेत्र छुट्याएर लक डाउनको मोडालिटी परिवर्तन गर्ने तयारी गरेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । जारी लकडाउनको समीक्षा गर्दै समितिले उच्च जोखिममा रहेको क्षेत्र, मध्यम जोखिममा रहेका क्षेत्र र न्यून जोखिममा रहेका क्षेत्रको पहिचान गरी मोडालिटी परिवर्तनको तयारी गरिएको छ।
समितिले शुक्रबार स्वास्थ्यक्षेत्रका विभिन्न विज्ञहरुसँग छलफल गरेरको छ । छलफलमा परीक्षण, कन्ट्रयाक्ट ट्रेसिङको दायरा बढाउनुपर्ने, क्वारेन्टाइनको व्यवस्थापन राम्रोसँग गर्नुपर्ने सुझाव समेटिएका छन्।
चिकित्सा क्षेत्रका विज्ञहरुले सरकारलाई वैज्ञानिक ढंगबाट निर्णय गर्न र सम्बन्धित क्षेत्रका व्यक्तिहरुसँग पनि सल्लाह गर्न सुझाव दिएका छन्।