विदेशीले नेपालमा गर्ने खर्च भन्दा नेपालीले विदेशमा गर्ने खर्च धेरै

विदेशीले नेपालमा गर्ने खर्च भन्दा नेपालीले विदेशमा गर्ने खर्च धेरै

काठमाण्डौ । साउनदेखि वैशाखसम्म १० महिनाको अवधिमा नेपालमा आउने पर्यटकहरुबाट ५१ अर्ब ८७ करोड खर्च गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार ५१ अर्व ८७ करोड रुपैयाँनेपाल भित्रिएको हो । यही अवधिमा विदेश जाने नेपालीले १ खर्ब २ अर्ब रुपैयाँ खर्च गरेका छन् ।

विदेशीले नेपालमा गर्ने खर्च भने पोहोरभन्दा दोब्बरले धेरै रहेको बैंकले सार्वजनिक गरेको छ । नेपालमा विदेशीले गर्ने खर्च अर्थात् भ्रमण आयभन्दा नेपालीले विदेशमा गर्ने खर्च अर्थात् भ्रमण व्यय दोब्बरले धेरै रहेको छ । पोहोर १० महिनामा विदेशीले नेपालमा २६ अर्ब ७७ करोड रुपैयाँ खर्च गरेका थिए । नेपालीले विदेशमा खर्च गर्ने रकमको ठूलो मात्रा शिक्षातर्फको रहेको छ ।

नेपालीले विदेशमा खर्च गरेको १ खर्ब दुई अर्ब ४९ करोड रुपैयाँमध्ये वैदेशिक शिक्षाको लागि मात्रै ७५ अर्ब १४ करोड रुपैयाँ बाहिरिएको छ। पोहोरको १० महिनामा नेपालीले विदेशमा ७५ अर्ब ७३ करोड रुपैयाँ खर्च गरेकोमा शिक्षातर्फ ५१ अर्ब ३४ करोड रुपैयाँ बाहिरिएको थियो ।

 

 


Thali Mobile Pvt.Ltd.