काठमाडौं । घरेलु कामका लागि वैदेशिक रोजगारीमा जान महिलालाई प्रतिबन्ध लगाएको सरकारले पुनः विदेश जाने महिलालाई विभेद हुनेगरी अर्को निर्णय गर्ने तयारी गरेको छ ।
भिजिट भिसा लिएर विदेश जाने महिलाको संख्या वृद्धि भएको र जोखिम बढेको भन्दै सरकारले यस्तो व्यवस्था गर्न लागेको हो । २०६५ को कार्यविधि संशोधन गर्न अध्यागमन विभागले गृह मन्त्रालयमा मस्यौदा पेस गरिसकेको छ ।
भिजिट भिसामा विदेश जाने महिलाले स्थानीय तहको सिफारिस, परिवारको सहमतिलगायत १५ लाख रूपैयाँबराबरको बिमा तथा ‘क’ वर्गको बैंकबाट कम्तीमा एक हजार अमेरिकी डलर सटही गरेको प्रमाण देखाउनुपर्ने उल्लेख गरेको छ ।

