भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

विद्यार्थीलाई सिकाइयो उद्यमी बन्न

विद्यार्थीलाई सिकाइयो उद्यमी बन्न

भक्तपुर । सल्लाघारीस्थित राजर्षि गुरुकुलले आरजी मार्केट सञ्चालनमा ल्याएको छ । विद्यार्थीलाई किताबी ज्ञानका साथै व्यवहारिक र प्रयोगात्मक ज्ञान दिने अवधारणाको विकास गराउन स्कुलमा सो मार्केट सञ्चालन गरिएको विद्यालयले जनाएको छ ।

पठनपाठनका अतिरिक्त व्यवहारिक ज्ञान दिनको लागि आरजी मार्केट सञ्चालन गरिएको बताउँदै विद्यालयका प्रधानाध्यापक लियोन श्रेष्ठले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई उद्यमशीलताको विकास गराउँन यस्तो गरिएको बताए ।

युग सुहाउँदो व्यहारिक सीप दिन र विद्यार्थीको सामाजिकीकरणमा सहयोग गर्न उक्त कार्यक्रमले मदत पुग्ने बताए । व्यापार मेला जस्तै विभिन्न हस्तकला, मौलिक उत्पादनका साथै आफूले बनाएका विभिन्न सामान र चित्रहरुको स्टलहरु राखिएको थियो ।

ती स्टलमा राखिएका सामानहरु उनीहरुले मार्केट अवलोकनका लागि आएका अभिभावक र अन्य व्यक्तिहरुलाई बिक्री गरेका थिए । मार्केटमा चाइनिज स्टल, सातै प्रदेशमा उत्पादित वस्तुहरू सङ्कलित स्टल ,रेक्ट्रो फोटोग्राफी स्टल, नेपाली कागज, आर्ट, गल्फ खेलसम्बन्धी स्टललगायतका पसलहरु राखिएका थिए ।

नेपाली उत्पादनलाई जोड दिदै यस पटकको आर जी मार्केटमा सातै प्रदेशका स्थानीय वस्तुहरू सङ्कलन गरी विक्री तथा प्रवर्द्धन गरिएको थियो । यस्तो कार्यक्रमले आफूहरुमा धेरै हौसला बढेको विद्यार्थीहरुले बताए ।

 


Thali Mobile Pvt.Ltd.